काठमाडौं। त्रिकोणात्मक टी– २० सिरिजको पहिलो खेलमा नेपाल आज नेदरल्यान्ड्ससँग खेल्दैछ । सोमबार स्कटल्यान्ड भ्रमणमा रहेको नेपालले सिरिजको पहिलो खेल नेदरल्यान्ड्ससँग खेल्न लागेको हो । टिटवूडमा खेल साँझ ७स्४५ बजेबाट सुरु हुँदैछ।
यस सिरिजअघि भएको आइसिसी विश्वकप क्रिकेट लिग–२ का दुवै खेलमा नेपालले नेदरल्यान्ड्सलाई पराजित गरेको थियो। नेपाल सोही लय दोहोर्याउने लक्ष्यमा हुनेछ। नेपाल र नेदरल्यान्ड्स टी–२० आईमा अहिलेसम्म १३ पल्ट आमुन्नेसामुन्ने भएका छन्। तीमध्ये ५ खेल मात्रै नेपालले जित हासिल गर्न सकेको छ। ७ खेल नेदरल्यान्ड्सले जित्दा एक खेल भने नतिजाविहीन भएको छ। नेपाल र नेदरल्यान्ड्स अन्तिपल्ट आइसिसी टी–२० विश्वकपमा भिडेका थिए।
अमेरिकाको डल्लासमा भएको उक्त खेलमा नेदरल्यान्ड्सले नेपाललाई ६ विकेटले पराजित गरेको थियो। विश्वकपमा नेपाल जितविहीन रह्यो। नेदरल्यान्ड्सले भने यही एक जित निकालेको थियो।