काठमाडौँ । राज्यव्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले ‘संघीय निजामती सेवासम्बन्धी समितिको प्रतिवेदन, २०८२’ प्रतिनिधिसभामा प्रस्तुत गरेका छन् ।
प्रतिनिधिसभाको आइतबारको बैठकमा विधेयक पेस गर्दै उनले सांसद दिलेन्द्रप्रसाद बडुको संयोजकत्वमा उपसमिति गठन गरेर लामो छलफलपछि विधेयकलाई अन्तिम रुप दिइएको बताए ।
ुदुई वर्षको ‘कुलिङ अफ पिरियड’ राखेर समितिबाट सर्वसम्मतिका साथ विधेयक पारित गरी ल्याइएको छु, सभापति खतिवडाले भने । प्रतिनिधिसभाको अर्को बैठक यही असार २ गते सोमबार बिहान ११स्०० बजे बस्नेछ । रासस