काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० का प्रवक्ता एवं संसदीय दलका मुख्य सचेतक ज्ञानबहादुर शाहीले सभामुख देवराज घिमिरेले दादागिरी शैलीमा सदन चलाएको बताएका छन् । आज ( आइतबार ) नेता शाहीले प्रतिपक्षी दलको विरोधको वाबजुद पेलेर नै संसद् अगाडि बढाउने प्रयास गरेको भन्दै आपत्ति जनाएका हुन् । उनीहरुले भिजिट भिसा प्रकरण छानविनका लागि समिति बन्नुपर्ने, गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने माग राख्दै आएका छन् ।
प्रतिपक्षी दलहरुले नाराबाजी गरिरहँदा सभामुख घिमिरेले भने पेलेर नै संसद् अगाडि बढाएका छन् । ‘संसद्मा आन्दोलन भइरहँदा संसद् चलाउनु उचित हुन्छ रु उचित हुँदैन भन्ने मलाई लाग्छ सम्माननीय सभामुखज्यू ? त्यही भएर कुरा केही नराखी उहाँहरु पनि हामी पनि जनताले जिताएको जनप्रतिनिधि हो ।
भिजिट भिसा प्रकरणमा दोषीलाई कारबाही गर्ने भन्ने मागमा सबैले साथ दिनुस् । यसरी संसद चलाउनु यो संसदीय अभ्यास होइन । यो दादागिरी हो । दादागिरी बन्द गर्नु्स्,’– सभामुख घिमिरेलाई सम्बोधन गर्दै नेता शाहीले भने ।