काठमाडौँ । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले सांसदको क्यालेन्डर लगायतका विषयमा प्रमुख सचेतकहरूसँग छलफल गर्नुभएको छ ।
आइतबार बिहान ९ बजे संसद्मा प्रतिनिधित्व गर्ने दलका प्रमुख सचेतकहरू छलफलमा सहभागी भएका छन् । प्रतिनिधि सभामा प्रतिपक्ष दलहरूले अवरोध गरिरहेका छन् । जसका कारण बजेटमाथिको छलफल अघि बढ्न सकेको छैन ।
यसबारेमा पनि सभामुखले नियमित दलका प्रतिनिधिहरूसँग छलफल चलाइरहेका छन् ।