काठमाडौं। नेकपा ९माओवादी केन्द्र० का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पूर्व राष्ट्रपति र पूर्व उपराष्ट्रपतिलाई राजनीतिमा आउन संविधान र संसारको कुनै पनि परम्पराले नरोकेको बताएका छन् । आज ( शनिबार ) विराटनगरमा सञ्चारकर्मीहरुले राखेको जिज्ञासामा अध्यक्ष प्रचण्डले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलक्षित गर्दै भने,‘पूर्व राष्ट्रपति, पूर्व उपराष्ट्रपति राजनीतिमा आउन चाहन्छन् भने पाउँछन् । संविधान र विश्वको कुनै परम्पराले रोक्दैन ।’
पूर्व उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ राजनीतिमा फर्किइसकेका छन् । पासाङलाई माओवादी केन्द्रले उपाध्यक्ष बनाएर राजनीतिमा कमब्याक गराएको छ । एमालेमा ठूलो पङ्तिले विद्या भण्डारी पनि राजनीतिमा फर्किनुपर्ने चाहना व्यक्त गरिराखेका छन् । प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीबाट हेपिएका, चेपिएका र विभिन्न समयमा कारबाहीमा परेका नेता तथा कार्यकर्ताले एमालेको नेतृत्व सम्हाल्न भण्डारी राजनीतिमा फर्किनुपर्ने धारणा राख्दै आएका छन् ।
प्रचण्डले पासाङलाई राजनीतिमा फर्काएर भण्डारीलाई एमालेको राजनीतिमा फर्किन सहज वातावरण बनाएको पनि चर्चा हुने गरेको छ । विद्या भण्डारी एमालेको राजनीतिमा फर्किएको खण्डमा पुनः पुरानै नेकपा ब्युँतिनसक्नेसमेत धेरैको अनुमान छ ।