जनकपुर । उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगञ्जमा न्यायाधीशमाथि इजलास कक्षमा दुर्व्यवहार भएपछि पर्सा प्रहरीले अदालत परिसरमा सुरक्षा व्यवस्था कडा गरेको छ। १४ जना न्यायाधीशको व्यक्तिगत सुरक्षामा खटिएका ‘पिएसओ’ र अन्य सुरक्षाकर्मीलाई परिवर्तन गरी सुरक्षा व्यवस्था थप मजबुत बनाइएको छ।
न्यायाधीश डा। खुसीप्रसाद थारु र अर्जुन महर्जनमाथि नेकपा ९बहुमत० का तीन कार्यकर्ताले बिहीबार दिउँसो करिब ४ बजे इजलास कक्षमा दुर्व्यवहार गरेका थिए। सिरहाको गोलबजारका गर्भु महतो, सर्लाहीको बरहथवाका शक्ति गाइडर र प्यूठानका किशोर रेग्मीलाई प्रहरीले अदालत परिसरबाटै पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख गंगा मट्टुले दुर्व्यवहार गर्नेहरूलाई म्याद थपका लागि शुक्रबार जिल्ला अदालत पर्सामा पठाइएको बताए। ‘खाजा खाने बहाना बनाएर अदालतभित्र छिरेका उनीहरूले मौका छोपेर न्यायाधीशमाठि दुर्व्यवहार गरेका रहेछन्,’ उनले भने, ‘पक्राउ परेकालाई शुक्रबार अदालतमा म्याद थपका लागि पठाएका छौँ।’
उनले दुर्व्यवहार गर्नेहरूमाथि अदालतको मानहानि, साइबर अपराध, अभद्र व्यवहारलगायतका कसुरमा अनुसन्धान हुने जानकारी दिए। यसअघि १४ जना न्यायाधीका लागि एक–एक जना ‘पिएसओ’ र अदालत परिसरमा एक दर्जन सुरक्षाकर्मी खटिएका थिए।
प्रहरी प्रमुख मिश्रले यो घटनापछि सुरक्षा व्यवस्था कडा पारिएको बताए। ‘लामो समयदेखि कार्यरत १४ जना न्यायाधीशका ‘पिएसओ’ लाई परिवर्तन गरेर नयाँ पठाएका छौँ,’ उनले भने, ‘अदालत परिसरमा खटिने प्रहरीको संख्या पनि बढाएर सुरक्षालाई थप मजबुत बनाइरहेका छौँ।’