भारत । टाटा समूहले अहमदाबादमा भएको एयर इन्डिया विमान दुर्घटनामा मृत्यु हुनेका परिवारलाई प्रतिव्यक्ति १ करोड रुपैयाँ दिने घोषणा गरेको छ। एयर इन्डिया टाटा समूहको कम्पनी हो। टाटा समूहले घाइतेहरूको उपचारको सम्पूर्ण खर्च कम्पनीले बेहोर्ने र उनीहरूलाई आवश्यक सबै सहयोग सुनिश्चित गर्ने पनि बताएको छ।
कम्पनीले टाटा सन्स र एयर इन्डियाका अध्यक्ष एन चन्द्रशेखरनले ट्विटरमा एक विज्ञप्ति जारी गर्दै भनेका छन्, एयर इन्डियाको उडान १७१ सँग सम्बन्धित भयानक घटनाबाट हामी गहिरो दुःखी छौं। यस क्षणमा हामीले महसुस गरिरहेको शोकलाई शब्दमा व्यक्त गर्न सकिँदैन। हाम्रा विचार र प्रार्थनाहरू आफ्ना प्रियजनहरू गुमाएका परिवारहरू र घाइते भएकाहरूसँग छन्।
पोस्टमा थप लेखिएको छ, टाटा ग्रुपले यस दुर्घटनामा ज्यान गुमाउने प्रत्येक व्यक्तिको परिवारलाई १ करोड रुपैयाँ क्षतिपूर्ति प्रदान गर्नेछ। हामी घाइतेहरूको उपचारको खर्च वहन गर्नेछौं र उनीहरूलाई आवश्यक सबै हेरचाह र सहयोग सुनिश्चित गर्नेछौं। यसबाहेक, हामी बीजे मेडिकलको लागि होस्टेल निर्माणमा मद्दत गर्नेछौं। अहमदाबादमा एयर इन्डियाको यात्रुवाहक विमान दुर्घटनामा परी कम्तीमा २०४ जनाको मृत्यु भएको छ। बिबिसी