काठमाण्डौं । प्रमुख प्रतिपक्ष दल नेकपा ( माओवादी केन्द्र ) का अध्यक्ष पुष्पकमल दाहाल र प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेबीच भेटवार्ता भएको छ।
दाहाल र घिमिरेबीच बिहीबार ( आज) सभामुखकको कार्यकक्षमा भेटवार्ता भएको हो। उनीहरूबीच संसद्को जारी गतिरोधबारे छलफल भएको हो।
प्रमुख प्रतिपक्ष दल माओवादी केन्द्रसहित रास्वपा, राप्रपा र एकीकृत समाजवादीले सदन अवरुद्ध गर्दै आएका छन्। भिजिट भिसा प्रकरणमा छानबिन समितिको माग गर्दै यी दलहरूले सदन अवरुद्ध गर्दै आएका हुन्। आज पनि दिउँसो ३ बजे बस्ने भनिएको बैठक अझै बस्न सकेको छैन।