काठमाडौं। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले काठमाडौं महानगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत ९हाल सूचना तथा प्रसारण विभागका महानिर्देशक० प्रदीप परियारलगायत ७ जनाउपर सार्वजनिक सम्पत्ति हानी नोक्सानी गरी भ्रष्टाचार गरेको भन्दै आरोपपत्र दायर गरेको छ ।
अख्तियारको आरोपपत्रमा ४ करोड ३१ लाख ७२ हजार रुपैयाँ हिनामिना भएको भनिएको छ । अख्तियारले परियारसहित रविनमान श्रेष्ठ, शिवराज अधिकारी, वसन्त आचार्य, नमराज ढकाल, जनार्दन गिरी र उत्तम दाहाललाई प्रतिवादी बनाएको छ ।