काठमाण्डौं । न्याय परिषद्ले सर्वोच्च अदालतको न्यायाधीशमा तीनजनाको नाम सिफारिस गरेको छ। मंगलबार बसेको परिषद्को बैठकले न्यायाधीशको नाम सिफारिस गरेको हो।
न्यायाधीश सिफारिस हुनेमा वरिष्ठ अधिवक्ता मेघराज पोखरेल, उच्च अदालत जनकपुरका मुख्य न्यायाधीश श्रीकान्त पौडेल र उच्च अदालत दिपायलकी मुख्य न्यायाधीश शान्ति सिंह थापा रहेकी छन्।
सर्वोच्चमा चार न्यायाधीश रिक्त थिए। जसमा परिषद्ले तीनजनाको नाम मात्रै सिफारिस गरेको छ।