काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेकपा ( माओवादी केन्द्र )का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले नेकपा ९एकीकृत समाजवादी० र नेकपासँग एकताको लागि छलफल चलिरहेको खुलासा गरेका छन् ।
माधव नेपालले नेतृत्व गरेको एकीकृत समाजवादीसँग मोर्चाबन्दी भैरहेको र विप्लवले नेतृत्व गरेको नेकपासँग पनि सहकार्य भैरहेकोले छिट्टै एकता हुने सम्भावना सुनाए । आज ( मंगलबार ) खुमलटारमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै दाहालले यस्तो बताएका हुन् ।
अहिले नेकपा ( एकीकृत समाजवादी ) र नेकपा समाजवादी मोर्चामा छन् । उनले अब समाजवादी क्रान्तिलाई नयाँ चरण र उचाईंमा लगिने विश्वास दिलाए । त्यसको लागि विगतमा पार्टीैले गरेका गल्ती तथा कमजोरीलाई सच्याउँदै अघि बढिने प्रतिबद्धता जनाए । उनले अहिले माओवादीको पक्षमा जनमत बढेको समेत दाबी गरे ।