काठमाडौँ । संघिय संसद अन्तगर्तको प्रतिनिधिसभाको बैठक बुधबार दिउँसो एक बजेसम्मका लागि स्थगित भएको छ । दिउँसो बसेको बैठकमा प्रतिपक्षी दलहरूले अवरोध गरेपछि आधा घण्टाका लागि स्थगित भएको प्रतिनिधिसभा बैठक सूचना टाँसेर बुधबार एक बजेसम्मका लागि स्थगित गरिएको हो ।
प्रतिपक्षी दलहरूले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयमा भिजिट भिसा सेटिङ प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा, छानबिनका लागि संसदीय छानबिन समिति वा न्यायिक आयोग बनाउनुपर्ने माग गर्दै विपक्षीले बैठक अवरुद्ध गर्दै आएका छन् ।
यसैबिच राष्ट्रिय स्वतन्त्र पार्टीले बिभिन्न ५ बुदे प्रस्ताब राखेर संसद अवरोध हटाउन सक्ने धारणा अघि सारेको छ । जसले गर्दा बैठक स्थगित हुन पुगेको हो ।