काठमाडौँ । सत्तारुढ दल नेकपा एमाले र नेपाली काँग्रेसले बजेटमा मनपरी गरेको पाईएको छ । उनिहरुले आफ्ना स्वर्गीय शिर्ष नेताको नाममा भवन निर्माणका लागि तिन–तिन लाख रुपैंया छुट्याएको भेटीएसँगै अन्य दलहरुले आपत्ती जनएका छन् । सरकारले सत्तारुढ नेपाली कांग्रेसनिकट नेपाल तरुण दलको भवन बनाउन तीन करोड विनियोजन गरेको पाइएको छ । त्यसरी नै नेकपा एमालेले पनि एमाले सांसद ज्वालाकुमारी साहको चुनावी क्षेत्रमा ‘मदन आश्रित’का नाममा भवन निर्माणका लागि ३ करोड बजेट छुट्ट्याएको खुलेको छ । यसरी तिन–तिन करोड बजेट छुट्याएको पाईएपछि अहिले सरकारको आलोचना भईरहेको छ ।
नेपाली कांग्रेसनिकट नेपाल तरुण दलको भवन बनाउन तीन करोड विनियोजन गरेको पाइएको छ । काठमाडौँ महानगरपालिका १३ स्थित रवि भवनमा तरुण दलको भवन निर्माणार्थ ‘गणेशमान सिंह स्मृति भवन निर्माण’ शीर्षकमा बजेट विनियोजन गरिएको सार्वजनिक भएपछि सामाजिक सञ्जालमा आलोचना भइरहेको छ ।
उक्त रकम उपप्रधान एवं सहरी विकास मन्त्री प्रकाशमान सिंहको मन्त्रालयमार्फत विनियोजन गरिएको हो । प्रकाशमान गणेशमानका छोरा हुन् । भवन निर्माणार्थ सहरी विकास मन्त्रालयबाट आर्थिक वर्षमा बहुवर्षीय योजना अन्तर्गत तीन करोड विनियोजन भएको तरुण दलका अध्यक्ष विद्वान गुरुङले सार्वजनिक गरेका हुन् । भवन निर्माणका लागि बजेट विनियोजनको पहल गरेकोमा गुरुङले सभापति शेरबहादुर देउवा र मन्त्री सिंहलाई धन्यवाद दिँदै फेसबुकमा पत्रसहित सार्वजनिक गरेका थिए ।
त्यसरी नै अर्को दल एमालेले सांसद ज्वालाकुमारी साहको चुनावी क्षेत्रमा ‘मदन आश्रित’का नाममा भवन निर्माणका लागि ३ करोड बजेट छुट्ट्याएको खुलेको छ । आगामी आर्थिक वर्षको बजेटमार्फत उक्त बजेट छुट्ट्याएपछि सामाजिक सञ्जालमा आलोचना भइरहेको छ । उक्त बजेट सहरी विकास मन्त्रालय अन्तर्गत छुट्ट्याइएको हो । नेताका नामबाट बन्ने भवनका लागि आफूले बजेट माग गरेको सांसद साहले स्वीकार गरिन् । उनले सामाजिक सञ्जालमा भइरहेको आलोचनाबारे आफूलाई कुनै प्रतिक्रिया दिन जरुरी नभएको बताइन् ।
‘आलोचना गर्नेहरूको मुख थुन्न सकिएन । एमालेले गरेको कामप्रति डाहा गर्नेले आलोचना गरेका हुन् । त्यसमा भन्नु केही छैन’, उनले भनिन, ‘जनता र देश विकासको पक्षमा काम गर्न छाडिँदैन । यसमा कतिपयलाई चित्त नबुझेको हुनसक्छ ।’ यि दुबै बजेट शहरी बिकास मन्त्री प्रकाशमानसिंहको मन्त्रालय मार्फत बिनियोजन गरीएका हुन् ।