काठमाडौँ । नेकपा माओवादी केन्द्र निकट युवा सङ्गठन योङ्ग कम्युनिस्ट लिग९वाईसीएल०को अध्यक्षमा पुष्प ओली सर्वसम्मत निर्वाचित भएका छन् । शुक्रबार वाईसीएलको तेस्रो राष्ट्रिय सम्मेलनबाट ओली अध्यक्षमा सर्वसम्मत निर्वाचित भएका हुन् ।
निवर्तमान अध्यक्ष सुबोध शेर्पालीले नदोहोरिने घोषणा गरेपछि भावी नेतृत्वका लागि ओलीसहित केहरसिंह कुँवर, नवराज ऐर, गणेश शाही, डम्बर पुलामी, ठाकुर सौराग लगायत आकाङ्क्षी थिए । यस्तै महासचिव गणेश शाही चयन भएका छन् । अन्य पदमा घोषणा हुन बाँकी रहेको वाईसीएलका एक नेताले बताए ।
२०४३ साल पुस ७ गते दाङको पवननगरमा जन्मिएका ओली २०५७ सालदेखि अनेरास्ववियु ९क्रान्तिकारी०मा लागेका थिए । २०५९ बाट पार्टीको पूर्णकालीन सदस्य भए । ‘ढाडमा टेकेर टाउको’मा हान्ने पार्टीको प्रत्याक्रमण रणनीतिक योजना अन्तर्गत २०६१ मा गण्डक क्षेत्रमा सरुवा भए ।
२०६१ माघ १९ मा शाही सरकारले गराएको नगर निर्वाचन बिफल पार्नेक्रममा आन्तरिक बम विस्फोटनमा गम्भीर घाइते भएका थिए । २०६३ मा झक्कु सुवेदीसँगै जिल्ला समिति सदस्य भएर काठमाडौँ सरुवा भए । २०६३ सालमा भक्तपुर वाईसीएल सचिवालय सदस्य भए । २०७४ सालमा रामप्रसाद सापकोटा वाईसीएलको अध्यक्ष हुँदा उनी सचिव रहेका थिए । २०७९ सालमा उपमहासचिव तथा प्रचार विभाग प्रमुख भएका थिए ।