काठमाण्डौं । गृहमन्त्री रमेश लेखक हिजो सप्तरिमा दुई जना गोताखोर बेपत्ता भएको घटना बारे बुझ्न शुक्रबार सशस्त्र प्रहरी बल मुख्यालय हलचोक आउनुभएको छ । उहाँलाई निमित्त संगठन प्रमुख सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायण दत्त पौडेलले घटना बारे जानकारी गराउनु भयो ।
सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक दिग बिजय सुबेदिले हिजोको घटना र हाल सशस्त्र प्रहरी बलमा गोताखोरको संख्या, अन्य बिपद् उद्दारका तालिम प्राप्त जनशक्ति तथा काम कारबाही बारे बिस्तृत रुपमा जानकारी गराउनु भएको थियो । सशस्त्र प्रहरी बल नेपाल नं. २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीका बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक कृष्ण ढकाल र दन्तकाली तालिम शिक्षालयका समादेशक सशस्त्र प्रहरी बरिस्ठ उपरीक्षक नेत्र कार्किले पनि भर्चुअल माध्यम बाट घटना बारे जानकारी गराउनु भएको थियो ।
गृहमन्त्री संगै राज्य ब्यबस्था समितिका सभापति माननीय रामहरी खतिवडा , निमित्त गृह सचिब श्रीमान जय नारायण आचार्य , सह सचिब रामचन्द्र तिवारी लगायत गृह मन्त्रालयका अधिकारिहरु समेत सहभागी हुनुभएको थियो । गृहमन्त्री लेखकले घटना प्रती दुख ब्यक्त गर्नु हुँदै मन्त्रालय बाट के गर्न सकिन्छ त्यसमा लाग्ने बताउनु भयो । खतराजन्य उद्दारमा खटिने जनशक्तिको जीवन बिमा बारे मन्त्रालयले थप कार्य गर्ने बताउनु हुँदै उहाँले अभ्यासका क्रममा ज्यान गुमाएका रास्ट्रसेबकको शोकलाइ शक्तिमा बदल्दै आगामी दिनमा थप सचेत र सुरक्षा अपनाउन जरुरी रहेको बताउनुभयो ।