काठमाडौं । नेकपा ९एकीकृत समाजवादी० का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले आफूविरुद्ध भ्रष्टाचारको मुद्दा दायर भएपछि पहिलो प्रतिक्रिया दिएका छन् । उनले आफूलाई अहिलेसम्म के के भयो भन्ने कुरा थाहा नभईसकेकोले काठमाडौं आएर कानून व्यवसायीसँग परामर्श लिने प्रतिक्रिया दिएका छन् ।
गृहजिल्ला रौतहटमा रहेका नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल काठमाडौं फर्किँदै छन् । उनी बुधबार गृहजिल्ला रौतहट गएका थिए । पार्टी कार्यक्रममा सक्रिय रहेकै बेला भ्रष्टाचारमा मुद्दा दायर भएको थाहा पाएपछि नेपाल आजै काठमाडौं फर्किन लागेका हुन् ।
उनी काठमाडौं फर्किएपछि पार्टीको बैठक बसेर आधिकारिक धारणा सार्वजनिक गर्ने नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले जानकारी दिए । ‘उहाँ फर्किएपछि पार्टीको बैठक बसेर घटनाबारे प्रतिक्रिया दिन्छौं ।’
अध्यक्ष नेपाल आजै अपराह्न ५ बजे सिमरा विमानस्थलबाट काठमाडौं फर्कन लागेका हुन् । बुद्ध एयरको विमानबाट उनी काठमाडौं आउने कार्यक्रम तय भएको हो । नेपालविरूद्ध १८ करोड ५८ लाख ५० हजार मागदाबीसहित मुद्दा दर्ता भएको छ । गृहजिल्ला रौतहटमा रहेका नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल काठमाडौं फर्किँदै छन् ।