काठमाडौं । राष्ट्रिय मातृभूमि पार्टीले नेपाल वायुसेवा निगममा भएको भ्रष्टाचार विरुद्ध कारबाहीको माग गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता गरेको छ । राष्ट्रिय मातृभूमि पार्टीका अध्यक्ष रामशरण पाण्डेको नेतृत्वमा गएको टोलीले उजुरी दर्ता गराएको हो ।
वर्षौँदेखि भ्रष्टाचार मौलाउँदै गएको नेपाल वायुसेवा निगममा कुनै पनि अधिकारीमाथि कारबाही हुन नसकेको भन्दै भ्रष्टाचारी विरुद्ध उजुरी दर्ता गराउन पार्टी बाध्य भएको अध्यक्ष पाण्डेले बताए ।
यस्तो विषयलाई समाधान गर्न नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्व महानिर्देशक त्रिरत्न मानन्धरको समितिले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा दिएको प्रतिवेदन, २०८१ का सुझाव तत्काल लागु गर्न जेष्ठ १३ मा ध्यानाकर्षण गराई उक्त पार्टीले नेपाल वायु सेवा निगमका कार्यकारी अध्यक्षलाई ज्ञापन पत्र बुझाएको थियो । उजुरी दर्ता गराउन गएका पार्टीका सदस्यले अख्तियार दुरुपयोग अनुसन्धान आयोग कार्यालयको मूल ढोका अगाडि विभिन्न नारा सहितको प्लेकार्ड लिएर पुगेका थिए ।