काठमाण्डौं । प्रतिनिधिसभाको आजको बैठक २ बजेसम्मलाई सरेको छ। बिहान ११ बजेका लागि डाकिएको बैठक सञ्चालनका लागि विपक्षी दल तयार नभएपछि २ बजेसम्मका लागि स्थगित भएको सूचना संसद् सचिवालयले टाँस गरेको छ।
सदन खुलाउनेबारे सभामुख देवराज घिमिरेले सत्तापक्ष्ँ र बिपक्षका प्रमुख सचेतकहरूसँग छलफल गरिरहेका छन्। सदनमा गृहमन्त्रीलाई बोल्न दिने वातावरण बनाउन सभामुख घिमिरेले आज बिहानैदेखि पहल गरेका थिए । उनले विपक्षी दलका प्रमुख सचेतकहरूसँग तथा त्यसपछि सत्ता र विपक्षी दलहरूसँग संयुक्त बैठक बसेका थिए ।
बैठका सभामुख घिमिरेले पहिले गृहमन्त्रीका कुरा सुनौं, त्यसपछि थप छलफल गरौंला भनेपछि विपक्षी दलहरूले यस विषयमा थप छलफल गर्ने भनेर निस्किएका छन् ।