काठमाडौँ । प्रतिनिधि सभाको बैठकअघि सभामुख देवराज घिमिरेले प्रमुख दलका प्रमुख सचेतकहरुसँग छुटाछुटै छलफल गरेका छन् ।
मंगलबार बिहान विपक्षी नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेसँग छलफल सकेर सत्तारुढ दल एमाले र नेपाली कांग्रेसका प्रमुख सचेतकसँग छलफल थालेको सभामुखको सचिवालयले जनाएको छ ।
११ बजेका लागि प्रतिनिधि सभा बैठक बोलाइएपनि दलहरू आन्तरिक छलफलमा जुटेकाले बैठक बस्न ढिलाइ भइरहेको छ । विपक्षी मोर्चाको बैठक पनि बानेश्वरमा बसेको छ । विपक्षी दलले भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामा नआएसम्म सदन चल्न नदिने बताउँदै आएका छन् ।