काठमाडौं । नेकपा माओवादी केन्द्रले संसदीय दलको बैठक बोलाएको छ । आज १२ बजे सिंहदरबारमा दलको बैठक बस्नेछ ।
बैठकमा संसदमा प्रतिपक्षको भूमिकालाई थप प्रभावकारी कसरी बनाउन सकिन्छ भन्ने विषयमा छलफल हुने बताइएको छ । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रलगायत प्रतिपक्षी दलहरूले गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै संसद अवरोध गरिरहेका छन् ।