काठमाण्डौं । राष्ट्रिय स्वतन्त्र पार्टी ( रास्वपा ) को केन्द्रीय सचिवालय बैठक बस्ने भएको छ। आज ९सोमबार०दिउँसो एक बजे सचिवालय बैठक बस्न लागेको हो।
त्यसपछि संसदीय दलको बैठक दिउँसो तीन बजे वनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालयमा बस्ने भएको जनाइएको छ।
बैठकमा समसामयिक राजनीति, भिजिट भिसा प्रकरण र गृहमन्त्रीको संलग्नता, पार्टी गतिविधि र अन्य विविध विषयमा छलफल हुने जानकारी दिइएको छ।