काठमाडौं । काठमाण्डौमा जारी आइतबारको राजावादी प्रदर्शनमा प्रहरीले लाठी चार्ज गरेको छ । काठमाडौंको नक्सालस्थित नारायणचौरबाट बालुवाटार जान खोज्दा प्रहरीले अवरोध गरेको थियो । प्रदर्शनकारी जबरजस्ती बालुवाटार जान खोजेपछि प्रहरीले प्रदर्शनकारीमाथि लाठी चार्ज गरेको हो । प्रहरीको लाठीचार्जबाट केही प्रदर्शनकारी घाइते भएका छन् ।
प्रदर्शनको क्रममा राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० नेपालका अध्यक्ष कमल थापालाई प्रहरीले नियन्त्रणमा लिएको छ । थापालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहराले जानकारी दिए । राजसंस्था पुनर्स्थापना र हिन्दू राज्यको माग गर्दै प्रदर्शनमा उत्रिएका राजावादीहरूले १५ जेठदेखि काठमाडौं केन्द्रित आन्दोलन जारी राखेका छन् ।
जिल्ला प्रशासन कार्यालय काठमाण्डौले नारायणहिटी संग्रहालय क्षेत्रमा निषेधाज्ञा लगाएपछि राजावादीहरुले उपत्यकाका अन्य क्षेत्रहरुमा प्रदर्शन गर्दै आईरहेका थिए । सोही क्रममा आज उनिहरु बालुवाटारतिर बढ्न खोन्दा झडप भएको हो ।