काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टीको सहायक संगठन योङ्ग कम्युनिष्ट लिग (वाईसीएल) नेपालको तेस्रो राष्ट्रिय सम्मेलन उद्घाटन गरेका छन् ।
आज (आइतबार) प्रज्ञाभवन कमलादीमा तेस्रो राष्ट्रिय सम्मेलनको उद्घाटन गरिएको हो । सम्मेलनको नारा ‘सुशासन, सामाजिक न्याय, सम्वृद्धि र समाजवादको पक्षमा तेस्रो राष्ट्रिय सम्मेलन’ रहेको छ । सम्मेलन आगामी जेठ २० गते समापन हुने बताइएको छ ।