काठमाडौं । गोरखा भूकम्पको १० वर्ष रातो मच्छिन्द्रनाथलाई मन्दिरभित्र विराजमान गरिने भएको छ ।
भूकम्पले पूर्णरूपमा क्षति पुगेको बुङमतीस्थित रातो मच्छिन्द्रनाथ ( बुङगद्यो ) को मन्दिर पुनः निर्माणको काम अन्तिम चरणमा पुगेसँगै आज रातो मच्छिन्द्रनाथको भोटो जात्रापश्चात जावलाखेलबाट बुङगमती ल्याई मच्छिन्द्रनाथलाई मन्दिरभित्र विराजमान गर्ने तयारी भइरहेको छ ।
यसअघि देवतालाई अस्थायी रूपमा निर्माण गरिएको स्थानमा राखिँदै आएको थियो ।
मच्छिन्द्रनाथलाई बुङगमती फर्काउने तयारीमा जुटेका स्थानीयवासीहरूमा उत्साहित र हर्षित देखिएका छन् ।
१० वर्षपछि मच्छिन्द्रनाथ आफ्नै मन्दिरमा पुनःस्थापना हुन लागेकोमा स्थानीयहरू खुसीसमेत देखिएका छन् ।
तस्वीरहरू–नेपाल फोटो लाइब्रेरी