जनकपुर । आम जनता पार्टी ९आजपा० का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले तत्काल सरकार विघटन गरी अन्तरीम सरकार गठनको माग गरेका छन् । बढ्दो बेथिति, ब्रह्मलुट, विभेद एवं दलाल दलतन्त्रका कारण मुलुक धराशायी बन्दै गईरहेको उनको टिप्पणी छ । ‘दलतन्त्रको भण्डाफोर गरौं, गणतन्त्रको दिशामा अघि बढौं’ भन्ने नारासहित आजपाद्धारा आज ९शनिबार० जनकपुरधाममा आयोजित बृहत अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष साहले यस्तो माग गरेका हुन् । उनले मुलुकलाई निकास दिनको लागि प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल राजीनामा दिनुपर्ने आवश्यकत्ता औंल्याए । उनले अब अन्तरीम सरकार नै एकमात्र विकल्प भएको बताए ।
साहले भने,‘मुलुकमा भ्रष्टाचार, लुट र बेथिति बढ्दो छ । दलाल दलतन्त्रले गणतन्त्र बदनाम भएको छ । मुलुक धराशायी बन्दै गईरहेकाले प्रधानमन्त्रीले राजीनामा गरेर अन्तरीम सरकार गठन गर्नुपर्छ । यसको विकल्प छैन् ।’ साहले मुलुक गम्भीर संकटतर्फउन्मुख रहेको दाबी गरे । नेताहरूको मनोमानी, लुट र बेथितिको कारण जनता चरम निराश बनेको र देशको आर्थिक अवस्था खस्किँदै गएको साहको आरोप छ ।
साहले अहिलेको कांग्रेस–एमालेको सरकारलाई दुई दलको भन्दापनि प्रधानमन्त्री ओली र कांग्रेस सभापति शेरबहादुर देउवाको मात्रै गठबन्धनको संज्ञा दिए । देशलाई समस्याबाट पार लगाउनेगरि बजेट नआएको उनको आरोप छ । सरकारले ल्याएको बजेट विभेदकारी रहेको र यसले मुलुकको समस्या समाधान नगर्ने उनको ठोकुवा छ ।
उनले भने,‘वैदेशिक ऋण बढ्दै गईरहेको छ । यहाँको व्यापार तथा व्यवसाय धराशायी हुँदै गईरहेका छन् । सरकारले नेपालको पूँजी विदेश लैजाने बाटो खोलेर नेपालको अर्थतन्त्रलाई डुबाउने काम गरेको छ । जनताको चाहना र आवश्यक्तानुसार सरकारले बजेट ल्याउन सकेको छैन। मानव विकास सूचांकमा पछाछि परेको मधेस र कर्णालीलाई यो सरकारले बजेटमा देखिनेगरि विभेद गरेको छ ।’
सरकारको बजेटले नेपाललाई उजाड बनाउने उनको आरोप छ । उनले बजेटले जनतालाई निराश बनाएको टिप्पणी गरे । उनले भने,‘यो बजेट देश र जनताको लागि होईन, सिधै नेताहरूको भुँडी भर्नेखालको छ, वितरण पुरै असमान छ । सरकारले नेपालको पूँजी खुलेआम विदेश लान पाउने व्यवस्था गर्यो । यो गम्भीर प्रश्नको विषय हो । राष्ट्रिय पुँजी विदेश पलायन रोक्नुको साटो उल्टै लैजानको लागि प्रोत्साहन गर्ने राज्यसँग जनताले के आशा गर्ने रु सरकारले २५ प्रतिशत विदेश लान पाउनेगरि व्यवस्था गर्नु भनेको सरकारले मुलुकको अर्थतन्त्र ध्वस्त बनाउन खोजेको प्रस्ट हुन्छ । सरकारले बजेट बनाउदा बिचौलियालाई गुण तिरेको छ।’
सो क्रममा पूर्वमन्त्री साहले सिमावती क्षेत्रमा रहेका प्रहरीले नेपाली जनताको निजी सम्पत्ति लुट्ने काम गरिरहेको भन्दै गम्भीर प्रश्न उठाए । भन्सारको नाममा आम जनताको निजी सम्पती लुट्ने कार्य आफूहरुलाई स्विकार्य नभएको उनको चेतावनी छ । जनताले अब प्रहरी प्रशासनको ज्यादती नसहने र आवश्यक परे प्रतिकार गर्ने उनले चेतावनी दिए ।
उनले सरकारले नक्कली भिजिट भिसाको नाममा मानव तस्करी गरिरहेको गम्भीर आरोप लगाए । साहले मानव तस्करी गरिरहेको सरकारले मधेसमा भन्सारको नाममा जनताको निजी सम्पत्ति लुट्ने काम गरिरहे सशक्त प्रतिकार हुने र आफूहरुलाई स्विकार्य नहुने खुला चूनौति दिए । अहिलेको सरकार र गठबन्धनले नेपालमा लुटेर विदेशमा नेपालको पूँजी लैजाने वर्गको संरक्षण गरिरहेको आरोप लगाए । सरकार लुटेराहरुको पक्षपोषक बनेको उनको आरोप छ । आजपा मधेश अध्यक्ष उमेश कुशवाहाको अध्यक्षतामा भएको कार्यक्रममा आजपाका नेताहरू रीता देवी साह, अशोक लामा, बिल्टू यादव, श्रीचन मुखिया, राधेश्याम साहलगायतको विशेष सहभागिता रहेको थियो ।