काठमाडौँ । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको एक छेउमा सुर्खेतबाट आएका राउटे दीपक शाही बसिलाले टुनीको काठमा आकार दिँदै छन् । उनको छेवैमा धयर शाही पनि टुनीको ठेउकोलाई आकारमा ढाल्दै छन् । उनीहरुका साथमा राउटे समुदायकि महिला बाटुली र सुरमानी कपडामा बुट्टा भर्दै छन् । आफ्नै पोसाकमा सजिएका उनीहरु असिनपसिन भएर हस्त–शिल्पकला काठ र कपडामा देखाउँदै छन् । उनीहरुले गरिरहेको काम काठमाडौँ उपत्यकाबासीका लागि नौलो थियो । पुरुषहरु कोसी ९आरी० बनाउँदै त महिलाहरु कपडामा बुट्टा सिलाउँदै थिए ।
बिहीबारदेखि यहाँ सुरु भएको राष्ट्रिय ललितलकला प्रदर्शनी, २०८२ का अवसरमा ललितकलाकै इतिहासमा पहिलो पटक राउटेहरु यसरी कला सिर्जनामा सहभागी भएका हुन् । उनीहरुले यहाँ प्रत्यक्ष रुपमा कला कार्यशाला नै गर्नु अर्को नयाँ थियो । प्रदर्शनीमा कला हेर्न आइपुगेका कला पारखीहरु राउटेको प्रस्तुति देख्दा सेल्फीमा रमाएका दृश्य हेर्न लायक थियो । उनीहरुले राउटेले गरेका काम श्रव्यदृश्यमा कैद गर्न भ्याए । मुङ्ग्रोको सहयोगमा बसिलो प्रयोग गरेर उनीहरुले हस्तकला कोसी बनाए । ‘सानो छिनु ल्याइएन, त्यसैले चिल्लो बनाउन पाएन, बसिलोले काठमा आकार बनाउँदै छु’, दीपक शाहीले राससको जिज्ञासाको जवाफ दिए ।
उनका अनुसार डाडु, पन्यूँ, कोसी, ढकल, सन्दुक, पिर्का राउटेका मुख्य हस्त–शिल्पकला हो । प्रदर्शनीमा उनीहरुका हस्तकलासमेत राखिएको छ । यो पनि ललितकलाको इतिहासमै पहिलो पटक सरकारी तहबाट राउटेको कला प्रदर्शनीमा समावेश भएको हो । त्यसमाथि हस्त शिल्पकलामा यसपटक उनीहरुले बनाएको कला प्रादेशिक पुरस्कार प्राप्त गर्न समेत सफल भएको छ । उनीहरुले रु ३० हजार राशिको पुरस्कार पाए । ‘हामी खुसी छम्, यहाँ आएम्, पैसा दिए, हामीले बनाएका सामान बिक्री भइरहेको छ’, दीपकले थपे ।
उनीहरुको २० वटा कोसी बिक्रीका लागि भनेर यहाँ ल्याइएको थियो । सबै बिक्री भएको प्रतिष्ठानका सदस्यसचिव देवेन्द्रकुमार काफ्ले थुम्केलीले जानकारी दिए । उनले भने, ‘नेपालको लोपोन्मुख समुदाय राउटेका हस्त शिल्पकलालाई हामीले राष्ट्रियस्तरमा जोड्न सफल भएका छौँ, कलामा पुनःजागरण भनेर हामीले काम गरिरहेका छोँ, यसरी रैथाने मौलिक कला जोगाउनु हाम्रो महत्वपूर्ण उद्देश्य थियो, एक हिसाबले सफल भएको महसुस गरेका छौँ ।’ उनले यसपालि तराईको डोम समुदायको कलासमेत समावेश गरिएको बताए ।
मुख्यगरी राउटेहरुसँग जोडिएको प्रादेशिक कला प्रदर्शनीले हो । गत फागुन ६ देखि १० गतेसम्म कर्णालीमा प्रादेशिक कला प्रदर्शनी आयोजना गरिएको थियो । राउटे समुदायको कला पनि छ भन्ने थाहा पाएपछि स्थानीयहरुको सहयोगमा उनीहरुको बस्तीमै गएर कला प्रदर्शनीमा सहभागी गराइएको थियो । उनीहरुले कर्णालीमा पनि प्रत्यक्ष कला कार्यशाला गरेका थिए । त्यही बेलादेखि उनीहरु हाम्रो सम्पर्कमै हुनुहुन्थ्यो, उनीका सहयोगी लालबहादुर खत्रीसँगको समन्वयमा काठमाडौँमा कला सिर्जनाका लागि ल्याउन सफल भयौँ’, कर्णाली कला प्रदर्शनीका संयोजक, प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य पाल्साङ्मो लामाले बताए ।
प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले प्रतिष्ठानले एउटा प्रयास गरेर रैथाने कलाहरुलाई उजागर गर्ने प्रयास गरेको र आगामी दिनमा यस्ता मौलिक कलाका साथै अनुसन्धान, कलाकारको सर्वेक्षणलगायतका कामलार्ई प्राथमिकता दिने बताए ।
सूर्यनारायणले काठमाडौँमा कला देखाउन पाएनन्
कर्णाली प्रदेशमा भएको कला प्रदर्शनीमा राउटे मुखिया सूर्यनारायण शाहीको कला प्रदर्शनी भएको थियो । उनले कला कार्यशालामा समेत आफ्नो कला देखाएका थिए । तर उनको केही समय अघि निधन भएकाले काठमाडौँमा उनीले कला देखाउन पाएनन् ।
यद्यपि उनले बनाएको पिर्का र ढकनसहितको कोसी यहाँ देख्न सकिन्छ । प्रदर्शनीमा लोकेन्द्र शाहीले बनाएको डाडु, बन्दावीर शाहीले बनाएको कोसी र ढकन, दीपक शाहीले बनाएको सन्दुक, खगेन्द्र शाहीले बताएको डाडु, धयर शाहीले बनाएको पन्यूँ राखिएको छ । । उनीहरुका कला प्रदर्शनीको मुख्य आकर्षण पनि रहेको प्रतिष्ठानका उपकुलपति तथा उक्त कला प्रदर्शनी संयोजक लालकाजी लामाले बताए ।
कला प्रदर्शनी यही जेठ ३१ गतेसम्म जारी रहने छ । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानले ‘सामाजिक रूपान्तरणः ललितकलाको अभियान’ भन्ने मूल भावमा रहेर सम्पन्न भएको ‘प्रादेशिक ललितकला प्रदर्शनी–२०८१’ मार्फत छानिएका कलाकृति समावेश गरी यहाँ राष्ट्रिय कला प्रदर्शनी सुरु गरेको हो ।
प्रदर्शनीमा देशका ६५ जिल्लाका लोककला, शिल्प–हस्तकला, परम्परागत चित्रकलारमूर्तिकला, वास्तुकला, समसामयिकरआधुनिक चित्रकलारमूर्तिकला, बहुआयामिक तथा अन्य सिर्जनात्मक कला, प्रतिस्थापन, भावभङ्गिमा, फोटोग्राफी, भिडियो आर्ट, डिजिटल, कार्टुनलगायतका विविध विधाका प्रतियोगी, अप्रतियोगी र आमन्त्रित ६०५ कलाकारका ६५० भन्दा बढी कलाकृति समावेश छन् । जसमा मुख्यतः थारू, अवधि, मिथिला, नेवार, पर्वते, भोजपुरी, तामाङ, राउटे, डोम, राई, किरातका कलाको विशेष सहभागिता रहेको छ ।
सम्मान र पुरस्कार
समारोहमा यस वर्षको ‘अरनिको ललितकला राष्ट्रिय प्रज्ञा सम्मान’ अग्रज कलाकारहरू डा सीमा शर्मा शाह र मङ्गल लामालाई प्रदान गरिएको छ । यस पुरस्कारको राशि एक लाख ५० हजार र सम्मानपत्र रहेको छ ।
‘सहिद कलाकार अनिल लामा स्मृति ९ललितकला० पुरस्कार २०८१’ कलाकार अस्मिना रञ्जित र ‘सहिद कलाकार बाबुराम लामा स्मृति ९ललितकला० पुरस्कार २०८१’ गङ्गाधर सारुलाई प्रदान गरिएको छ । यी पुरस्कारको राशि रु ५०र५० हजार र सम्मानपत्र रहेको छ ।
राष्ट्रिय ललितकला लेखन पुरस्कार सरोज बज्राचार्य, राष्ट्रिय ललितकला पत्रकारिता पुरस्कार क्रमशः पत्रकार शिवा तामाङ र हेमन्त गौतमलाई प्रदान गरिएको छ ।
ललितकला लेखन पुरस्कारको राशि ६० हजार र सम्मानपत्र तथा ललितकला पत्रकारिता पुरस्कारको राशि ३०र३० हजार र सम्मानपत्र रहेको छ । ललितकला प्रवर्द्धन सम्मान भने नेपाल हस्तकला महासङ्घ र प्रतिमा पाण्डेलाई प्रदान गरियो ।
सर्वोत्कृष्ट राष्ट्रिय ललितकला पुरस्कार विनम्र डङ्गोल ९परम्परागत चित्रकला०लाई प्रदान गरियो । यस पुरस्कारको राशि एक लाख र सम्मानपत्र रहेको छ ।
राष्ट्रिय ललितकला पुरस्कार समसामयिक चित्रकलातर्फ कृष्ण लामा, समसामयिकरआधुनिक मूर्तिकलातर्फ चन्द्रमणि मगर, परम्परागत चित्रकलातर्फ शङ्करकुमार जोशी, परम्परागत मूर्तिकलातर्फ सुरेश लवट तुलाधर, शिल्प–हस्तकलातर्फ राजकुमार शिल्पकार, वास्तुकला तथा लोककलातर्र्फ ज्योतिकुमारी सापकोटा, बहुआयामिक तथा अन्य सिर्जनात्मक कलाअन्तर्गत फोटोग्राफीतर्फ सफलप्रकाश श्रेष्ठलाई प्रदान गरिएको छ । यस पुरस्कारको राशि रु ६० हजार र सम्मानपत्र रहेको छ ।
प्रादेशिक उत्कृष्ट ललितकला पुरस्कार क्रमशः कोसीबाट ङावाङ छिरिङ शेर्पा ९परम्परागत चित्रकला०, मधेसबाट सोनाम सिंह भ्लोन ९हस्तकला० बागमतीबाट रीना शाक्य ९परम्परागत चित्रकला०, गण्डकीबाट दलबहादुर गुरुङ ९समसामयिक चित्रकला०, लुम्बिनीबाट लिलाधर केसी ९समसामयिक चित्रकला०, कर्णालीबाट कुमारी सीता मल्ल ९समसामयिक चित्रकला०, सुदूरपश्चिमबाट रमेश कडायत ९समसामयिक चित्रकला० लाई प्रदान गरियो । यी सम्पूर्ण पुरस्कारको राशि रु ५० हजार र सम्मानपत्र रहेको छ ।
त्यस्तै, प्रादेशिक समसामयिक चित्रकला विधातर्फ कोसीबाट महेन्द्र राई, मधेसबाट युगेश घिमिरे, बागमतीबाट सुन्दर लामा, गण्डकीबाट मनोज तामाङ, लुम्बिनीबाट आकाश बुढा मगर, कर्णालीबाट थुक्तेन लामा, सुदूरपश्चिमबाट दीपक आउजी, समसामयिक मूर्तिकलातर्फ कोसीबाट सुमन राई, मधेसबाट योगेन्द्र पण्डित कुम्हार, बागमतीबाट करुणा श्रेष्ठ, गण्डकीबाट रिहाना परियार, लुम्बिनीबाट बुद्ध थारू, कर्णालीबाट टोपेन्द्र डाँगी, सुदूरपश्चिमबाट महेन्द्र पुन मगरले पुरस्कार पाए ।
प्रादेशिक परम्परागत चित्रकला विधातर्फ कोसीबाट दावा साङ्मु शेर्पा, मधेशबाट सोनम सिंह भ्लोन, बागमतीबाट रोशन ख्याजु, कर्णालीबाट सोनाम डोल्मा तामाङ, परम्परागत मूर्तिकलातर्फ कोसीबाट प्रतीक मञ्जुल बराइली, बागमतीबाट महेश शिल्पकार, शिल्प–हस्तकलातर्फ कोसीबाट शिव छाङ्छा ९शिवकुमार राई०, मधेशबाट सन्तोष यादव, बागमतीबाट सरोज सुनार, गण्डकीबाट विष्णु मुक्तान तामाङ, लुम्बिनीबाट बाल गोविन्द त्रिपाठी, कर्णालीबाट सोविन शाही, सुदूरपश्चिमबाट लालबहादुर कुमालले पुरस्कार पाए ।
वास्तुकला तथा लोककलातर्फ कोसीबाट माधवी कर्ण, मधेशबाट आरतीकुमारी साह, बागमतीबाट युनेस नापित श्रेष्ठ ९वास्तुकला०, लुम्बिनीबाट सञ्चिता अग्रहरी, सुदूरपश्चिमबाट मित्थु थारू, बहुआयामिक तथा अन्य सिर्जनात्मक कलाअन्तर्गत प्रतिस्थापन कलामा बागमतीबाट विनयबहादुर रिमाल क्षेत्री, कला फोटोग्राफीमा कोसीबाट अर्जुन कुलुङ राई, मधेशबाट प्रशान्त चौधरी, गण्डकीबाट सृजना भुर्तेल, लुम्बिनीबाट मनिराम पन्थ र सुदूरपश्चिमबाट माधव ओझालाई पुरस्कृत गरियो । यी सम्पूर्ण पुरस्कारको राशि रु ३०र३० हजार र सम्मानपत्र रहेको छ ।
राष्ट्रिय ललितकला नवप्रतिभा पुरस्कार भीमबहादुर विकलाई प्रदान गरिएको छ । यस पुरस्कारको राशि रु ६० हजार र सम्मानपत्र छ । प्रादेशिक ललितकला नवप्रतिभा पुरस्कार कोसीबाट भावना गुरुङ, मधेशबाट निरुपम जयसवाल, बाग्मतीबाट सुप्रिना घलान, गण्डकीबाट धावादोर्जे गुरुङ, लुम्बिनीबाट रुकैया वानु, सुदूरपश्चिमबाट निशान्त सुनारलाई प्रदान गरियो । यस पुरस्कारको राशि रु ३० हजार र सम्मानपत्र रहेको छ । रासस