नुवाकोट । नेकपा ९माओवादी केन्द्र० का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले पूर्वराजा ज्ञानेन्द्र शाहलाई धेरै चुरीफुरी नगर्न चेतावनी दिएका छन् । उनले शाहलाई संविधानको सिमाभित्र रहन चनेका छन् । नुवाकोटमा आज प्रेस सेन्टर नेपालले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । सो क्रममा उनले राजावादी आन्दोलनमा सहभागीहरुलाई भाडामा ल्याईएको मान्छे भनेका छन् ।
उनले नेपाल संघीय लोकतान्त्रिक गणतन्त्रको यात्रामा निकै अघि बढिसकेकोले अब पछि फर्काउने सपना नदेख्न भनेका छन् । दाहालले भने,सदनमा यही संविधान अनुसार सपथ पनि खाने कानुन अनुसार सदनमा बसेर सबै सुविधाहरु लिने अनि यही संविधानविरुद्ध जाने तर्कको हिसाबले पनि नैतिकताको हिसाबाले पनि विलकुल बेठीक हो । मैले धेरै अगाडिदेखि भन्दै आइरहेको छु राजावादी र ज्ञानेन्द्रलाई धेरै चुरीफुरी नगरेहुन्छ । नेपाल धेरै अघि बढिसकेको छ ।’
दाहालले भाडामा मान्छे ल्याएर जुलुश गर्नु सामान्य भएको टिप्पणी गरे ।उनले थपे,‘भाडामा मान्छे ल्याएर कहिलेकाही जुलुस गर्ने कुरा सामान्य हो । राजावादीहरुले चुनाव लडेर बहुमत ल्याएर सरकार बनाउने स्वतन्त्रता उनीहरुलाई छ । राजावादीको पक्षमा एउटा पनि नजित्ने यत्रो उपनिर्वाचन नजित्ने राप्रपा सविधान नै खारेज गर्ने तुक कुनै अर्थ छैन । उहाँहरुसँग अलिकति पैसा छ । त्यही पैसाले मान्छे ल्याउने हो । ’