काठमाण्डौं । नवराज सुवेदी नेतृत्वको संयुक्त जनआन्दोलन समितिको आह्वानमा शुक्रबार पनि माइतीघर(बबरमहल क्षेत्रमा प्रदर्शन भएको छ। सुवेदी नेतृत्वको समितिले रत्नपार्कमा बिहीबार प्रदर्शन गर्दै जनआन्दोलनु सुरू गरेको थियो। शुक्रबार पनि प्रदर्शन जारी छ। सुवेदी नेतृत्वले गरेको जनआन्दोलनमा राप्रपा, राप्रपा नेपाल, राष्ट्रिय शक्ति नेपाललगायत दल तथा समूहहरूले समर्थन जनाएका छन्।
संयोजक सुवेदी, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, राप्रपा नेपालका अध्यक्ष कमल थापालगायत आन्दोलनमा उपस्थित छन्। राजसंस्थाको पुनस्स्थापनाको मागसहित सुरु भएको ‘संयुक्त जनआन्दोलन’ले विजुलीबजार बबरमहलको मुख्य सडक कब्जा गरेको छ । आज पनि जारी आन्दोलनमा सहभागी राजावादीहरुले विजुलीबजार बबरमहल सडक कब्जा गरेका हुन् ।
माइतीघरमा भेला भएका राजावादीहरुले नयाँ बानेश्वरतर्फ आउने क्रममा बबरमहल बिजुलीबजारको मुख्य सडक कब्जा गरेका हुन् । जसको कारण यातायात प्रभावित भएको छ । यातायात ठप्प भएपछि राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले सवारी साधन अवरुद्ध नगर्न आग्रह गरेका छन् । राजसंस्था र हिन्दु राज्य पुनर्स्थापना, संघीयता खारेजीलगायत एजेन्डामा राजावादीहरूले प्रदर्शन गर्दै आएका छन्।