काठमाण्डौं । गृह मन्त्रालयले आइतबार काठमाडौं उपत्यकामा सार्वजनिक बिदा हुने जनाएको छ। मच्छिन्द्रनाथको भोटो देखाउने जात्रा भएकाले त्यसदिन बिदा दिइएको गृहमन्त्रालयका प्रवक्ता एवं सहसचिव रामचन्द्र तिवारीले जानकारी दिए।
शुक्रवार मन्त्रालयले एक बिज्ञप्ती जारी गर्दै भोटेजात्राका अवसरमा उपत्यकामा सार्वजनिक बिदा दिईएको जनाएको हो । सहकालका देवता मच्छिन्द्रनाथको भोटो देखाउने जात्राका लागि उपत्यकामा बिदा दिईएको हो ।
हरेक वर्ष काठमाडौंमा भोटो जात्राको दिनमा बिदा दिइने गरेको छ। यो बिदा काठमाण्डौ उपत्यकाका तिन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरमा मात्रै लागु हुनेछ।