काठमाण्डौं । नेकपा ( माओवादी केन्द्र) ले गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने पक्षमा पार्टीको अडान कायमै रहेको बताएको छ।
शुक्रबार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवास खुमलटारमा बसेको पदाधिकारी बैठकमा भिजिट भिसा प्रकरणमा गृहमन्त्री लेखकले राजीनामा दिनुपर्ने अडानमै पार्टी रहेको निर्णय गरिएको प्रवक्ता अग्नी सापकोटाले बताए।
‘छानबिनलाई सहज बनाउन गृहमन्त्रीले राजीनामा दिनुपर्ने निष्कर्ष बैठकले निकालेको छ, राजीनामा नदिएसम्म अवरोध जारी रहन्छ,’ उनले भने । संसदमा बजेट प्रस्तुत गर्न मात्रै दिएका हौं। गृहमन्त्रीले राजीनामा दिनुपर्ने यसअघिको निर्णय कायमै छ,सापकोटाले भने।