चितवन। चितवनको नारायणी नदीमा फसेका २२ जनाको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ। भरतपुर महानगरपालिका–१६ शिवघाटस्थित नारायणी नदीको बीच भागमा फसेका २२ जनाको गोताखोरको सहायतामा सकुशल उद्धार गरिएको सशस्त्र प्रहरी वलका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए।
नारायणी नदीमा बाँध बाँधेर गिट्टी बालुवा निकाल्ने काममा खटिएका उनीहरु बाँध फुट्दा बिहीबार बेलुका नदीको बीच भागको टापुमा फसेका थिए। २२ जना कामदार नदीको बीच भागमा फसेकोजानकारी पाउनासाथ सशस्त्र प्रहरी बल नेपाल नम्बर १७ गण चितवनबाट सशस्त्र प्रहरी निरीक्षक चामनारायण महतोको कमाण्डमा खटिएको गोताखोरसहितको टोलीले उनीहरुलाई बोटको सहायताले उद्धार गरेको हो।
गोताखोरसहितको सुरक्षा फौजले उनीहरुलाई बोटको सहायताले उद्वार गरेको हो । मानिसको उद्धार गरिए पनि एउटा टिपर भने नारायणीमा डुबेको छ।