काठमाडौं । सभामुख देवराज घिमिरेले सदनको अवरोध हटाउनको लागि सक्रियता देखाएका छन् । सभामुख घिमिरेले अहिले विभिन्न दलका प्रमुख सचेत र सचेतहरुसँग छलफल गरिरहेका छन् । विपक्षी दलहरुले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा मागेर सदन अवरोध गरिरहेका छन् ।
हिजो ९बिहीबार० बजेट ल्याउन भने विपक्षीले अवरोध गरेको थिएन । तर, अबको बैठक भने गृहमन्त्री लेखकको राजीनामा नआएसम्म चल्न नदिने उनीहरुको अडान छ । सभामुख घिमिरेले भने सदनको अवरोध हटाउने, हिजो प्रस्तुत भएको बजेटमाथिको छलफलको समय निर्धारण र आगामी क्यालेन्डर तय गर्नको लागि प्रमुख सचेतकहरुसँग छलफल गरिरहेको उनको सचिवालयले जनाएको छ ।
सदनको अवरोध हटाउने, बजेटमाथिको छलफलको समय निर्धारण र आगामी क्यालेन्डर लगायतक विषयमा छलफल हुने सभामुखको सचिवालयले जनाएको छ । यस्तै मध्यान्ह १२ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक पनि आह्वान भएको छ ।