काठमाडौँ । सरकारले १९ खर्ब ६४ अर्ब रुपैंया बराबरको बजेट ल्याएको छ । बजेटका प्राथमिकतामा स्वास्थ्य तथा खेलकुद मन्त्रालय परेका छन् । सरकारले कोशी, गण्डकी लगायतका मुख्य नदीबाट कलकत्तासम्मको पानीजहाज सञ्चालनका लागि अध्ययन गर्ने घोषणा गरेको छ । आगामी आर्थिक वर्ष २०८२र८३ को बजेट वक्तव्य प्रस्तुत गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले यस्तो घोषणा गरे ।
‘अन्तरदेशीय जल यातायात विकास विस्तार र प्रवर्द्धनका लागि अध्ययन गरिने छ । कोशी, गण्डकी लगायत नेपालका प्रमुख नदी हुँदै कलकत्ता बन्दरगाह सम्मको जल यातायात सञ्चालनका लागि आवश्यक तयारी गरिने छ,’ उनले भने ।
सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८२र०८३ को बजेटमा गण्डकी प्रदेशलाई खासै सम्बोधन गरिएन । पर्यटनको राजधानी मानिने पोखरालाई नै पर्यटन मन्त्रालयको बजेटमार्फत समेटिएको छैन । यद्यपि केही पूर्वाधारका क्षेत्रमा भने जोडिएको छ ।
सरकारले पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई पर्यटकीय हबका रूपमा विकास गर्ने घोषणा गरेको छ । यस्तै, पोखरा एयरपोर्टबाट अन्तर्राष्ट्रिय उडान कम्पनीलाई निश्चित संख्यामा उडान सञ्चालन गर्न थप प्रोत्साहन दिने बिहीबार बजेट भाषणमार्फत अर्थमन्त्री विष्णु पौडेलले जानकारी दिए । उनका अनुसार आँबुखैरेनीदेखि पोखरासम्मको सडक विस्तार आगामी वर्ष सम्पन्न गरिने छ ।
यो सडक निर्माण सक्न सरकारले आगामी वर्षलाई ८ अर्ब ५२ करोड विनियोजन गरेको छ । बुटवलदेखि पोखरा जोड्ने सिद्धार्थ राजमार्गलाई डेडिकेटेड डवल लेनमा स्तरोन्नति गर्ने काम सुरु गर्ने र डुम्रे–बेंसिसहर–चामे सडक स्तरोन्नतिका लागि बजेट विनियोजन गरेको पौडेलले बताए । सरकारले आगामी आर्थिक वर्षका लागि १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ । अर्थमन्त्री विष्णु पौडेलले संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८२र८३ का लागि उक्त आकारको बजेट ल्याएका हुन् ।
यो चालु आवको तुलनामा ५।५८ प्रतिशतले धेरै हो । यो संशोधित बजेट भन्दा १८।२ प्रतिशत धेरै हो । यस वर्ष सरकारले १८ खर्ब ६० अर्ब ३० करोडको बजेट ल्याएको थियो । सरकारले चालु बजेट ११ खर्ब ८० अर्ब ९८ करोड विनियोजन गरेको छ । यो कुल विनियोजनको ६०।१ प्रतिशत हो । सरकारले कर्मचारीको तलब वृद्धि नगरेपनि महँगी भत्ता ५ हजार रुपैयाँ वृद्धि गरेको छ । बिहीबार अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०८२र०८३ को बजेट भाषणमार्फत कर्मचारीको तलब वृद्धि गर्न नसकिएपनि महँगी भत्ता ५ हजार रुपैयाँ वृद्धि गरिएको जानकारी दिए ।
कर्मचारीको तलब वृद्धि गर्नुपर्ने आवश्यकता बोध भएपनि स्रोत व्यवस्थापनमा परेको दबाबले गर्दा अपेक्षाअनुरूप तलब वृद्धि गर्न सम्भव नभएको अर्थमन्त्रीको भनाइ छ । तथापि २०८२ साउन १ देखि लागू हुने गरी सबै कर्मचारीले महँगी भत्ता पाउने उनको भनाइ छ ।
नेपाली सेनाले सञ्चालन गर्दै आएको बंकरदेखि व्यारेक कार्यक्रमलाई निरन्तरता दिइएको छ । अर्थमन्त्री विष्णु पौडेलले सङ्घीय संसद्को दुवै सदनमा आर्थिक वर्ष २०८२–०८३ को बजेट प्रस्तुत गर्दै सो कार्यक्रमलाई निरन्तरता दिने घोषणा गरेका हुन् ।
सुरक्षा निकायहरूलाई स्रोत साधन सम्पन्न बनाइने उल्लेख गर्दै अर्थमन्त्री पौडेलले भने, ‘बंकरदेखि ब्यारेक कार्यक्रमलाई निरन्तरता दिइनेछ ।’ नेपाल प्रहरीलाई शान्ति सुरक्षा र अपराध अनुसन्धान गर्न सक्षम तुल्याइने पौडेलले घोषणा गरेका छन् । सशस्त्रलाई सीमा सुरक्षा, विपद् व्यवस्थापन र शान्ति सुरक्षामा परिचालन गर्ने उल्लेख गर्दै पौडेलले राष्ट्रिय अनुसन्धान विभागको अनुसन्धान गर्ने क्षमता विस्तार गरिने बताए । सरकारले हुलाकी राजमार्गका लागि ३ अर्ब ५६ करोड बजेट विनियोजन गरेको छ । आगामी आर्थिक वर्ष २०८२र८३ को बजेट वक्तव्य प्रस्तुत गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उक्त जानकारी दिए ।
‘हुलाकी राजमार्गको दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी तराईको आर्थिक विकास तथा अन्तर आबद्धतालाई सुदृढ गरिनेछ,’ उनले भने, ‘यसका लागि ३ अर्ब ५६ करोड बजेट विनियोजन गरेको छु ।’ व्यक्तिले एक वर्षमा एकपटक केवाईसी अपडेट गर्नुपर्ने भएको छ । संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा आर्थिक वर्ष २०८२र८३ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले यस्तो जानकारी दिएका हुन् । आगामी आर्थिक वर्षमा संविधान संशोधन गरिने भएको छ । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्षको बजेट संघीय संसद्को संयुक्त सदनमा प्रस्तुत गर्दै आर्थिक वर्षभित्रमा संविधान संशोधन गर्ने बताएका हुन् ।
उनले राजनीतिक सहमतिका आधारमा संविधान संशोधन गर्ने बताएका हुन् । गत असार १७ गते वर्तमान गठबन्धन निर्माणका क्रममा नेपाली कांग्रेस र नेकपा एमालेबीच भएको ७ बुँदे सहमतिमा संविधान संशोधन गर्ने उल्लेख थियो ।विदेशी विद्यार्थीहरूलाई निःशुल्क भिसा उपलब्ध गराउने सरकारले घोषणा गरेको छ । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्ष २०८२र०८२ को बजेट प्रस्तुत विदेशी विद्यार्थीले नेपालमा पढ्न आउँदा अध्ययन अवधिभरका लागि निःशुल्क भिसा उपलब्ध गराउने घोषणा गरेका हुन् ।
विश्वविद्यालयहरूमा विदेशी विद्यार्थीलाई समेत आकर्षित गर्ने नीति लिइने अर्थमन्त्री पौडेलले बताए । शैक्षिक क्यालेन्डर अवधिभरका लागि विदेशी विद्यार्थीलाई निःशुल्क भिसा उपलब्ध गराइनेछ । त्यस्ता विद्यार्थीका अभिभावकलाई बहुप्रवेश भिसाको व्यवस्था गरिनेछ ।
सरकारले पुष्पलाल ९मध्यपहाडी० राजमार्गका लागि ३ अर्ब ९४ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । आगामी आर्थिक वर्ष २०८२र८३ को बजेट वक्तव्य प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु प्रसाद पौडेलले उक्त जानकारी दिए ।
‘यात्राको समय लागत , दूरी र दुर्घटना कम गर्न पुष्पलाल मध्यपहाडी राजमार्गको विद्यमान रेखाङ्कन परिमार्जन गरिने छ । यस राजमार्गलाई सुरुङ भायड प्रविधिसहितको डबल लेनमा स्तरोन्नति गर्न पूर्वतयारी गरिने छ ,’ उनले भने,‘यसका लागि ३ अर्ब ९४ करोड बजेट विनियोजन गरिएको छ । सरकारले आगामी वर्षमा उच्च शिक्षासम्बन्धी छाता ऐन बनाउने जनाएको छ । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्ष २०८२र०८२ को बजेट प्रस्तुत गर्दै उच्च शिक्षासम्बन्धी छाता ऐन बनाउने जनाएका हुन् ।
उच्च शिक्षा सम्बन्धी छाता ऐन निर्माण गरी विश्वविद्यालयहरूको सञ्चालनमा एकरुपता कायम गरिने मन्त्री पौडेलले बताए । अध्ययनका लागि मुलुक बाहिर जाने प्रवृत्तिमा कमी ल्याउन र रोजगार बजार अनुसारको जनशक्ति विकास गर्न जोड दिइने उनको भनाइ छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले यसअघि नै २०८० सालमा उच्च शिक्षासम्बन्धी छाता ऐन सम्बन्धी विधेयक तयार पारेको थियो । तर, चौतर्फी विरोध भएपछि उक्त कार्य तत्कालका लागि रोकिएको थियो भने तत्काल विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने भन्दै सरकारले उक्त विधेयक तत्काल थाती राखेको थियो ।
सरकारले समय अनुसार बिजुलीको शुल्क फरक गर्ने भएको छ । सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा आर्थिक वर्ष २०८२र८३ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले यस्तो जानकारी दिएका हुन् । औद्योगिक तथा गार्हस्थ्य ग्राहकको लागि विद्युत्को खपत समयका आधारमा फरक फरक महसुल निर्धारण गरिनेछ, अर्थमन्त्री पौडेलले भने । अहिले जुनसुकै समयमा पनि विद्युतको समान महसुल लगाइँदै आएको छ । पिक समयमा धेरै र अन्य समयमा कम महसुल लगाउने गरी सरकारले व्यवस्था गर्न लागेको हो ।
सरकारले सामाजिक सुरक्षा कार्यक्रमका लागि १ खर्ब ९ अर्ब रुपैयाँ विनियोजन गरेको छ । आगामी आर्थिक वर्ष २०८२र८३ को बजेट वक्तव्य प्रस्तुत गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उक्त जानकारी दिए ।
छरिएर रहेका सामाजिक सुरक्षा कार्यक्रमलाई एकीकृत गरिने र सबै सामाजिक सुरक्षामा आबद्ध हुन क्रमशः राष्ट्रिय परिचयपत्र अनिवार्य गरिने उनले घोषणा गरे । साथै ज्येष्ठ नागरिकलाई घुम्ती टोली बनाएर राष्ट्रिय परिचयपत्र प्रदान गरिने उनले बताए । साथै वृद्ध भत्ताको उमेर ७० वर्ष कायम भएको उनले बताए । सरकारले महिलाका नाममा उद्योग दर्ता गर्दा शुल्क नलाग्ने व्यवस्था गरेको छ । अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्षको बजेट वक्तव्यमार्फत यो व्यवस्था मिलाएको घोषणा गरेका हुन् ।
‘महिला लक्षित उद्यमशीलताको माध्यमबाट रोजगारी तथा स्वरोजगारीका अवसर वृद्धि गरिने छ । महिलाका नाममा उद्योग वा कम्पनी दर्ता वा नवीकरण गर्दा शुल्क नलाग्ने व्यवस्था गरिनेछ’, अर्थमन्त्री पौडेलको भनाइ छ । सरकारले आर्थिक वर्ष २०८२र८३ का लागि युवा तथा खेलकुद मन्त्रालयमा ६ अर्ब आठ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । अर्थमन्त्री विष्णु पौडेलले बिहीबार संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्षको बजेट वक्तव्य प्रस्तुत गर्दै यस्तो जानकारी दिएका हुन् ।
चालू आर्थिक वर्षको तुलनामा आगामी आर्थिक वर्षका लागि खेलकुद मन्त्रालयमा विनियोजन गरिएको बजेट करिब दोब्बरले बढी हो ।
सरकारले आगामी आर्थिक वर्षमा ५ लाख नागरिकलाई लालपुर्जा प्रदान गर्ने घोषणा गरेको छ । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले संसद्मा आगामी आर्थिक वर्ष २०८२र८३ को बजेट प्रस्तुत गर्दै भूमिसम्बन्धी कानुनमा संशोधन ५ लाखलाई लालपुर्जा वितरण गर्ने व्यवस्था मिलाउने व्यवस्था बजेटमा गरेको घोषणा गरेका हुन् । भूमिहीन नागरिकको सङ्ख्या सङ्कलन र प्रमाणीकरण गर्ने उनले बताए ।
कृषि मन्त्रालयका लागि बजेट ५७ अर्ब ४८ करोड छुटाइएको छ । सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा आर्थिक वर्ष २०८२र८३ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले यस्तो जानकारी दिएका हुन् ।
अघिल्लो वर्ष मन्त्रालयले ५७ अर्ब २९ करोड रुपैयाँ छुटाइएको थियो । यो वर्षको रकम अघिल्लो वर्षभन्दा जम्मा ०।३३ प्रतिशत मात्रै बढी हो ।सरकारले आगामी आर्थिक वर्षको बजेट अर्थतन्त्रको विस्तार आर्थिक अवसर सिर्जना गर्ने मुख्य प्राथमिकता दिएको जनाएको छ ।
बिहीबार उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२र०८३को बजेट प्रस्तुत गर्दै यस्तो बताएका हुन । अर्थमन्त्री पौडेलले अर्थतन्त्रमा देखिएका चुनौती सामना गर्न मुलुकलाई निर्धारित समय अगाडि नै सम्पत्ति शुद्धीकरण सम्बन्धी जोखिमको निगरानी सूचीबाट बाहिर निकाल्दै अर्थतन्त्रको विश्वसनीयता अभिवृद्धि गर्ने प्रतिबद्धता गरे ।
उनले क्रेडिट रेटिङले ल्याएको उत्साहलाई माथिल्लो क्रेडिट रेटिङमा सुधार गर्न आर्थिक क्रियाकलाप अघि बढाइने बताए । उनले निजी क्षेत्रको मनोबल बढाउँदै लगानीको वातावरण बनाउन अध्यादेश मार्फत कानुनमा गरिएको संशोधनले निजी क्षेत्र उत्साहित भएको बताए । उनले भने,‘ सार्वजनिक लगानीलाई प्रतिफल युक्त क्षेत्रमा केन्द्रित गरी निजी क्षेत्रको पुँजी र प्रविधिलाई आकर्षित गर्दै आर्थिक क्रियाकलापमा गुणात्मक वृद्धि गरिनेछ । आर्थिक वृद्धि गर्ने क्षेत्रमा थप कानुनी र प्रक्रियागत सुधार गर्दै निजी क्षेत्रलाई आर्थिक समृद्धिको प्रमुख संवाहकको भूमिकामा स्थापित गरिने छ ।’