काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले लोकतान्त्रिक गणतन्त्र संसारकै एक उत्कृष्ट राजनीतिक व्यवस्था रहेको बताउनुभएको छ । गणतन्त्र दिवस, २०८२ को शुभकामना दिँदै उहाँले त्यस्तो बताउनुभएको हो ।
शुभकामना सन्देशमा उल्लेख छ, “संसारमै योभन्दा उन्नत अर्को कुनै व्यवस्था छैन । यस कारण पनि यो व्यवस्थाले नागरिकलाई सार्वभौम बनाएको छ ।
राज्यसत्ता र शक्तिको स्रोत पूर्णतः नागरिकलाई मानेको छ । हाम्रो संविधानले नागरिक सर्वोच्चतालाई महान् उपलब्धिका रूपमा अभिलेखन गरेको छ र हामी त्यसैको अभ्यासमा जुटेका छौँ ।”