वीरगञ्ज। नेपाली कांग्रेसका पूर्वसांसद अफताब आलमले उच्च अदालत वीरगञ्जबाट सफाई पाएको छ । जिल्ला अदालत रौतहटले आलमई दोषी ठहर गर्दै जन्मकैदको फैसला गरेकोमा उच्च अदालतको वीरगञ्ज इजलासले सफाइ दिएको हो ।
जिउँदै ईट्टाभट्टामा मान्छे जलाएको आरोपमा जिल्ला अदालतबाट जन्मकैद तोकिएका पूर्वमन्त्री एवम् नेपाली कांग्रेसका नेता अफताब आलम जेलमुक्त भएका छन् । उच्च अदालत वीरगञ्जले बुधबार सफाई पाएपछि उनी नख्खु कारागारबाट निस्किएका हुन् ।
बम बिस्फोटपछि व्यक्ति हत्याको आरोपमा जिल्ला अदालत रौतहटबाट जन्मकैद पाएका उनलाई उच्च अदालत वीरगञ्जले आदेश उल्ट्याइदिएपछि उनी रिहा भएका हुन् । न्यायाधीशद्धय डा। खुशीप्रसाद थारु र अर्जुन महर्जनको इजलाशले सफाई दिएको हो ।