काठमाडौं । विपक्षी दलहरूले गृहमन्त्रीको राजीनामा माग गर्दै संसद अवरोध गरेपछि अहिले नेकपा एमाले र नेपाली कांग्रेस छलफलमा जुटेका छन् । केही समय अघि मात्रै प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र गृहमन्त्री रमेश लेखक बालुवाटार पुगेका छन् । भिजिट भिसा प्रकरणमा मन्त्रीकै राजीनामा माग भएपछि छलफलका लागि देउवा र लेखक बालुवाटार पुगेका हुन् ।
हुनत प्रधानमन्त्री केपी शर्मा ओली तथा काँग्रेस सभापती शेर बहादुर देउवाले गृहमन्त्रीले राजीनामा दिनु नपर्ने अडान लिदै आईरहेका छन् । एक कर्मचारी अनुसन्धानमा पर्दा मन्त्रीहरुले राजीनामा दिने हो भने कोही पनि मन्त्री नरहने भन्ने देउवा र ओलीको बुझाई छ । नेताद्धयले भर्खरै अनुसन्धान शुरु भएको र गृहमन्त्रीको संलग्नताको कुनै आधार र पुष्टी नभएकाले रमजीनामा दिनु नपर्ने बताईरहेका छन् । तर बिपक्षी दलहरुले यसैलाई मुद्धा बनाईरहेकाले ओली देउवा गृहमन्त्री लेखकसहित छलफलमा जुटेका हुन् ।
हिजो विपक्षी दलहरूले लेखकले राजीनामा नदिँदासम्म संसद चल्न नदिने अडान लिएका थिए । भोलि बजेट ल्याउनै पर्ने बाध्यात्मक अवस्थामा रहेको सरकार कसरी सदन सुचारु गर्न सकिन्छ भन्ने छलफलमा केन्द्रित रहेको छ । आज ११ बजेका लागि बैठक बोलाइएको छ ।