काठमाडौं । भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने माग गर्दै विपक्षी दलहरूले संसद अवरोध गरेसँगै बैठक आधा घण्टाका लागि स्थगित भएको छ ।
प्रतिनिधिसभाको बैठक सुरू हुनासाथ नेकपा माओवादी, रास्वपा र राप्रपाका सांसद उठेका थिए । त्यसपछि सभामुखले दलका प्रतिनिधिहरूलाई बोल्न समय दिएका छन् ।नेकपा माओवादी केन्द्रले भिजिट भिसाको नाममा विमानस्थलमा असुली राजनीतिक संरक्षणबिना सम्भव नहुने दाबी गरेको छ। तत पश्चात पनि प्रतिपक्षी दलका सांसदहरुले गृहमन्त्री बिरुद्ध नारावाजी गरेपछि सभामुख देवराज घिमिरेले संसद बैठक आधा घण्टालाई स्थगित गरेका हुन् ।
सभामुख घिमिरेले गृहमन्त्री संसदमा आफ्ना केही कुरा राख्न चाहनुहुन्छ भन्दा पनि बिपक्षी दलका सांसदहरुले नमानेर नाराबाजीमा उत्रेसँगै संसद बैठक आधा घण्टालाई स्थगित गरेका हुन् ।