काठमाण्डौं । . प्रतिनिधि सभाको बैठक सुरू भएको छ। मंगलबार बिहान ११ बजेका लागि बोलाइएको बैठक केही समय ढिला सुरू भएको हो। बैठकमा प्रतिपक्षी दलका सांसदहरूले गृहमन्त्री रमेश लेखकको राजीनामा माग्ने तयारी गरेका छन्।
अध्यागमनका कर्मचारीको सेटिङमा मानिसलाई भिजिट भिसामा पठाउन सहजीकरण गरी रकम असुली गर्ने गरेको खुलेको थियो। यसमा गृहमन्त्री समेतको संलग्नता हुन सक्ने भन्दै प्रतिपक्षी दलहरूले उनको राजीनामा माग्ने तयारी गरेका हुन्।
प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टीलगायत दलहरू गृहमन्त्री लेखकले पदबाट राजीनामा दिनुपर्नेमा छन्।