काठमाण्डौं । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाण्डौ जेठ १५ गते एमालेको नियन्त्रणमा हुन्छ भनि दिएको अभिब्यक्तिको सबैतिरवाट बिरोध भएको छ । यसैबिच राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० की नेतृ खुश्बु ओलीले प्रधानमन्त्री केपी शर्मा ओलीले ‘काठमाडौं एमालेको नियन्त्रणमा हुन्छ’ भन्ने अभिव्यक्तिलाई लोकतान्त्रिक मूल्यविपरीत र खेदजनक भन्दै कडा आलोचना गरेकी छन्।
उनले सरकार प्रमुखबाट यस्तो पक्षपाती र उत्तेजनात्मक भाषा प्रयोग हुनु गैरजिम्मेवारमात्र नभई अधिनायकवादी प्रवृत्तिको संकेत भएको बताइन्। नेतृ ओलीले सामाजिक सञ्जालमार्फत भनेकी छन्, ‘राष्ट्रको राजधानी कुनै दलको निजी सम्पत्ति होइन। नागरिकको अभिव्यक्ति स्वतन्त्रता र आन्दोलनको अधिकार लोकतन्त्रको आधारशिला हो। चैत १५ मा आन्दोलनकारीमाथि भएको दमन र प्रधानमन्त्रीको पछिल्लो अभिव्यक्तिले सरकारको अधिनायकवादी चरित्र उदांगिएको छ।’
उनले सबैलाई यस्तो अभिव्यक्तिको विरोध गर्न आह्वान गर्दै प्रश्न उठाएकी छन्, ‘यस्तो अभिव्यक्तिको विरोध गर्ने कि फेरि मौन बस्नेरु’ साथै, उनले प्रधानमन्त्रीलाई लक्षित गर्दै सोधेकी छन्, ‘तपाईं देशका प्रधानमन्त्री हो कि कुनै दलको प्रवक्ता ?
राप्रपाले १५ जेठमा राजसंस्था पुनस् स्थापनाका लागि काठमाडौंमा प्रदर्शन गर्न लागेको छ। त्यसको पूर्वसन्ध्यामा प्रधानमन्त्रीले चेतावनीको भाषामा सो दिन काठमाडौं एमालेको नियन्त्रणमा हुन्छ भन्ने अभिव्यक्ति दिएका हुन्।
त्यसै गरी राष्ट्रिय स्वतन्त्र पार्टी ( रास्वपा ) का कार्यवाहक प्रवक्ता मनिष झाले प्रधानमन्त्री केपी शर्मा ओलीको ‘काठमाडौं एमालेको नियन्त्रणमा हुनुपर्छ’ भन्ने बयानको कडा आलोचना गरेका छन्। उनले यो अभिव्यक्तिलाई गैरलोकतान्त्रिक, कानुनी शासनविपरीत र सामाजिक सद्भावमा खलल पुर्याउने खालको भन्दै गम्भीर असन्तुष्टि र चिन्ता व्यक्त गरेका हुन्।
झाले लोकतन्त्रमा ‘सडक मेरो मात्र हो’ भन्ने अभिव्यक्ति बहुलवाद र सहअस्तित्वको सिद्धान्तविपरीत भएको कुरा स्मरण गराएका छन्। प्रशासन र सुरक्षा निकायको नेतृत्वमा रहेको व्यक्तिले अन्य दलको प्रदर्शनविरुद्ध कार्यकर्तालाई उकास्नु कानुनी शासनको उल्लंघन भएको उनको तर्क छ। हिजो सार्वजनिक भएको प्रधानमन्त्रीज्यूको अभिव्यक्ति गैर राजनीतिक छ।
झाले लेखेका छन् ।
१. लोकतन्त्रमा सडक मेरो मात्र हो, त्यहाँ मेरो मान्छे मात्र हुनुपर्छू भन्नु लोकतन्त्र, बहुल वाद र सहअस्तित्वको अभ्यास विपरीत हो।
२. प्रशासन तथा सुरक्षा निकायको संवैधानिक नेतृत्व गरेर बसेको व्यक्तिले अर्को राजनीतिक दलले गर्न लागेको प्रदर्शनमा कार्यकर्तालाई उकास्ने गरी बोल्नु, कानुनी शासनको अभ्यास विपरीतको व्यवहार हो।
३. देश आर्थिक रूपमा ऋणको भारीले दबेको छ। बजार अर्थतन्त्र सबै कमजोर छ, जनतामा नैराश्य हाबी छ, तर प्रधानमन्त्रीज्यू यस्तो बेला कार्यकर्तालाई उद्दण्ड हुन प्रेरित गरेर सडकमा द्वन्द्व सृजना हुने अभिव्यक्ति दिनुहुन्छ। यो राम्रो हैन।
४. हरेक दिन नयाँ र फरक काण्डहरू आइरहेको छ। सरकारको नेतृत्वमा रहेको व्यक्ति, त्यो प्रश्नको जवाफ दिनको सट्टा, सडकमा राजनीतिक उदण्डता थप्ने अभिव्यक्ति दिनुभएकोमा प्रति म व्यक्तिगत रूपमा असन्तुष्टि र गम्भीर चिन्ता व्यक्त गर्दछु।