काठमाण्डौं । नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्दै छ। बैठक आज ( सोमबार) बिहान ९ बजे बुढानिलकण्ठस्थित सभापति शेरबहादुर देउवाको निवासमा बस्ने छ।
समसमायिक राजनीतिक विषय तथा गृहमन्त्री रमेश लेखक भिजिट भिसा प्रकरणमा विवादमा परेपछि देउवाले पदाधिकारी बैठक बोलाएका हुन्। पार्टीको केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार पार्टीको क्रियाशील सदस्यता नवीकरण सम्बन्धमा हालसम्म भएका प्रगतिबारे छलफल गर्न पदाधिकारी बैठक बोलाइएको हो।
पार्टी महामन्त्री गगन थापाको संयोजकत्वमा रहेको क्रियाशील सदस्यताबारे समितिले सो विषयमा पदाधिकारी बैठकमा जानकारी गराउने छ। क्रियाशील सदस्यबारे टुंगो नलाग्दा पार्टीको महाधिवेशन यो वर्ष नहुने अवस्थामा पुगिसकेको छ।