काठमाडौँ । २६औं एसियाली एथलेटिक्स च्याम्पियनसिपमा ३ पुरुष र २ महिला खेलाडीले भाग लिने भएका छन् । दक्षिण कोरियाको गुमीमा मे २७ देखि ३१ तारिखसम्म हुने प्रतियोगितामा ३ पुरुष र २ महिला खेलाडीले नेपालको प्रतिनिधित्व हुने भएका हुन् ।
युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले २६औं एसियाली एथलेटिक्स च्याम्पियनसिपमा सहभागी हुने नेपाली टोलीलाई सफलताको शुभकामना दिदै एक कार्यक्रमबीच बिदाइ गरेका छन् । पुरुष १ हजार ५ सय, ५ हजार मिटर दौडमा मुकेश पाल, लङजम्पमा सलिम देवान र १ सय र २ सय मिटर दौडमा शिवराज पार्कीले सहभागिता देखाउदैछन् ।
त्यस्तै महिला ज्याभ्लिन थ्रो, सटपुटमा चन्द्रकला लाम्गाडे तथा ८ सय, १ हजार ५ सय मिटर दौडमा फुलमती रानाले सहभागिता जनाएका छन् । त्यस्तै प्रशिक्षक उषाकर्ण चौधरी पनि दक्षिण कोरिया जादैछन् ।