तनहुँ । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिकाको वडा नम्बर ३ र ४ जोड्ने मादी नदी पुलबाट शनिबार राति करिब ११स्३० बजेको समयमा जीप खस्दा तीन जनाको मृत्यु भएको छ ।
दमौलीबाट चापाघाटतर्फ जाँदै गरेको ग२च ५७६० नम्बरको जिप पुलको रेलिङ भत्काएर मादी नदीमा खसेको जिल्ला प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक राजु अधिकारीका अनुसार दुर्घटनामा तनहुँकै व्यास नगरपालिका(५, पाटन बस्ने अन्दाजी ३५ वर्षीय प्रवीण थापा मगर, सोही ठाउँका २२ वर्षीय कुमार थापा र २०र२२ वर्षका कुशल थापाको मृत्यु भएको हो।
प्रहरीका अनुसार दुर्घटनामा जिप चालकसहित २ जना घाइते पनि भएका छन्। चालक व्यास नगरपालिका(४ बस्ने २५ वर्षीय रोहित गुप्ता र वीरगन्ज घर भई दमौली बस्ने २० वर्षीय धीरज रौनियार घाइते भएका हुन्। घाइतेमध्ये धीरजलाई थप उपचारका लागि पोखरा पठाइएको प्रहरीले जानकरी दिएको छ।