काठमाण्डौं । पूर्वराजा ज्ञानेन्द्र शाह नारायणहिटी दरबार गएका छन्। उनी शनिबार नाति हृदयन्द्रलाई लिएर नारायणहिटी गएका हुन्।पूर्वराजा ज्ञानेन्द्र शाहको संवाद सचिवालयका अनुसार हृदयन्द्रले हजुरआमा रत्नलाई भेट्ने इच्छा गरेपछि ज्ञानेन्द्र नारायणहिटी गएका हुन्।
सपरिवार नारायणहिटी पुगेका ज्ञानेन्द्रका साथमा डा, जगमान गुरुङ पनि थिए। राजतन्त्र अन्त्य भएपछि ज्ञानेन्द्र पहिलोपटक नारायणहिटी दरबार पुगेका हुन्। नाति हृदयेन्द्र केहीदिन अघि अमेरीकावाट नेपाल आएका थिए । उनले हजुरआमा रत्नराज्य लक्ष्मी शाहलाई भेट्ने ईच्छा ब्यक्त गरेपछि पूर्व राजा ज्ञानेन्द्र नारायणहिटी गएको बुझिएको छ ।
एकातिर राजावादी नेताहरुलाई सोल्टीमा भेटघाट गरेर जेठ १५ गतेदेखि संचालन गर्ने भनिएको राजावादी आन्दोलनले चर्चा पाईरहेको बेला पूर्व राजा ज्ञानेन्द्र शाह नारायणहिटी जानुलाई चाँसोकासाथ हेरीएको छ ।