काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी ( रास्वपा ) का सभापति रवि लामिछानेको तर्फबाट दायर बन्दीप्रत्यक्षीकरणको रिटमा सर्वोच्च अदालतले शुक्रबार आदेश गर्दैेछ । शुक्रबार सर्वोच्च अदालतका न्यायाशीशद्धय नहकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलास लामिछानेको बन्दीप्रत्यक्षीकरण रिटमा सुनुवाई सकिएपछि आदेश सुनाउने तयारीमा छ । यसबिचमा न्यायाशीधहरु ढोका बन्द गरेर आदेश लेखनमा छन् ।
लामिछाने सहित पूर्वडीआइजी छविलाल जोशीको मुद्दामा आदेश लेखन जारी छ । शुक्रबार दिउँसो खाजा समयअघि अघि नै सुनुवाइ सकिएकामा न्यायाधीशहरु अन्य सबै मुद्दा स्थगित गरेर आदेश लेखन जुटेका थिए । लामिछाने समर्थक भने सर्वोच्च परिसरमा आदेशको प्रतिक्षामा छन् । लामिछाने रिहा हुने अपेक्षासहित समर्थकको सर्वोच्च अगाडि भीड लागेको छ ।
बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा लामिछाने पक्राउ परेका थिए । उनलाई गैर कानूनी थुनामा राखिएको भन्दै लामिछाने पत्नी निकिता पौडेलले सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन् ।