काठमाडौं । आम जनता पार्टी ९आजपा० का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले एयरपोर्टबाट भिजिट भिसाका नाममा भईरहेको मानव तस्करी सरकारकै संलग्नतामा भईरहेको बताएका छन् । सिंहदरबारस्थित् आजपाको संसदीय दलको कार्यालयमा आज ( शुक्रबार) पत्रकारसंग कुराकानी गर्दै अध्यक्ष साहले यसको सम्पूर्ण जिम्मेवारी प्रधानमन्त्री केपी शर्मा ओलीले लिनुपर्ने बताए । भिजिट भिसाका नाममा मानव तस्करी खुलेयाम भईराख्दा समेत प्रधानमन्त्री ओली र गृहमन्त्री रमेश लेखक किन मौन बसेको भन्दै उनले नैतिकता प्रदर्शन गर्नुपर्ने बताए ।
‘भिजिट भिसाका नाममा मानव तस्करी खुलेयाम भईरहेको छ । एयरपोर्टबाट सरकारकै संलग्नता र सेटिङमा यस्तो मानव तस्करी भईरहेको छ । यसको सम्पूर्ण जिम्मेवारी प्रधानमन्त्री र गृहमन्त्रीले नै लिनुपर्छ,’ आजपा अध्यक्ष साहले भने, ‘प्रधानमन्त्रीजी मौनता साँध्नु र गृहमन्त्रीजी प्रतिक्रियाविहिन हुनु भनेको सरकारको प्रत्यक्ष संलग्नता रहेको पुष्टि हुन्छ ।’
नक्कली भुटानी शरणार्थी घटनालाई नै विर्साउनेगरि एयरपोर्टबाटै भिजिट भिसाको नाममा भईरहेको मानव तस्करी घटनामा प्रधानमन्त्री ओली किन मौन बसेको भन्दै उनले प्रश्न उठाएका छन् । उनले प्रश्न गर्दै भने, ‘एयरपोर्टबाट खुलेयाम मानव तस्करीको बिषय सार्वजनिक भईराख्दा प्रधानमन्त्री ओली बोल्नुपर्दैन रु के यसको जिम्मेवारी प्रधानमन्त्रीले लिनुपर्दैन् ? यो गम्भिर प्रश्न हो, सरकारले जवाफ दिनुपर्छ, अलिकति नैतिकता छ भने नैतिकता प्रदर्शन गर्नुपर्छ ।’
एयरपोर्टबाट सरकारकै संलग्नता र प्रत्यक्ष सेटिङमा भिजिट भिसाको नाममा भईरहेको मानव तस्करी घटनाले नक्कली भुटानी शरणार्थी काण्ड समेत विर्साएको साहको टिप्पणी छ । उनले भने, ‘हाम्रै चेलीबेटी समेतलाई बेचेर लुट्ने सरकारको विकल्प खोज्नुपर्छ ।’