काठमाडौँ । आईपीओ स्वीकृति सम्बन्धमा अनियमितताको आशंका गर्दै छापा मारेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल धितोपत्र बोर्डका पदाधिकारीसँग बयान लिएको छ ।
अख्तियारले मंगलबार बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठसहित उच्चपदस्थ कर्मचारीसँग बयान लिएको हो । केही समय अघि कार्यालयमै गएर अख्तियारले पाँच घण्टासम्म सोधपुछ गरेको थियो । मंगलबार भने ती पदाधिकारीलाई बोलाएरै सोधपुछ गरिएको स्रोतले जनाएको छ ।अहिले बोर्डले आईपीओ निष्कासनको प्रक्रियाबारे छानबिन गरिरहेको छ ।
लामो समयदेखि आईपीओ रोकिएका कम्पनीहरुलाई किन अल्झाएर राखिएको आरोप बोर्डमाथि छ । यसबीचमा आईपीओ स्वीकृतिका लागि पाँचदेखि सात प्रतिशतसम्म कमिसन मागेको सूचनापछि आयोगले छानबिन थालेको थियो । अहिले बोर्डले आईपीओका लागि अयोग्य भएका १४ कम्पनीको सूची पाइपलाइनबाट हटाएको छ ।