काठमाडौं । काठमाडौं विश्वविद्यालय नेपाल समकालीन अध्ययन केन्द्र ९केयु–एनसिसिएस० ले एसोसिएसन अफ थर्ड वर्ल्ड स्टडिज दक्षिण एसिया च्याप्टरको २७औं सम्मेलनका अवसरमा ‘नेपाल–भारत सम्बन्धस् समीक्षा र सम्भावना’ विषयक दुईदिने अन्तर्राष्ट्रिय सेमिनार सकिएको छ। सेमिनारको दोस्रो दिन बुधबार विभिन्न सेसनमा नेपाल र भारतका प्राध्यापक, शिक्षाविद् र अनुसन्धानकर्ताले आआफ्नो पेपर प्रस्तुत गरेको केयुएनसिसिएसका सदस्य–सचिव डा. उद्धव प्याकुरेलले जानकारी दिए।
नेपाल र भारतका अग्रणी विद्वान्, अनुसन्धानकर्ता, प्राध्यापक र शिक्षाविद्लाई एकसाथ ल्याएर समाजशास्त्रीय ज्ञान आदानप्रदान गर्ने उद्देश्यले आयोजित सेमिनारमा ७० भन्दा बढी पेपर प्रस्तुत गरिएको थियो। काठमाडौं विश्वविद्यालयका उपकुलपति प्राडा अच्युत वाग्लेले यस सेमिनारले नेपाल र भारतका प्राध्यापक, शिक्षाविद् र अनुसन्धानकर्ताबिचको ज्ञान आदानप्रदान गरेर एकजुट हुन प्रेरित गरेको धारणा राखेका थिए। ‘दक्षिण एसियाली समाजहरूमा भाषा र संस्कृतिको सबैभन्दा लामो इतिहास रहेको छ’, उनले भने, ‘नेपाल र भारतले पारदर्शी राजनीतिक सीमा कायम राखेका छन्।’
सेमिनारले जलवायु परिवर्तनले नेपालजस्तै तेस्रो विश्वमा समेत प्रभाव परेकाले यसलाई प्रमुख रूपमा समेटिएको दाबी उनले गरे। समारोहमा उनले शान्ति, समृद्धि, संस्कृति वा सामाजिक सेवाका लागि ‘हेलेन अजरिया मेमोरियल एक्सिलेन्स अवार्ड’ बाट प्राध्यापक प्रा।डा। लोकराज बराललाई सम्मान गरेका थिए।
सेमिनारमा ‘इकोलोजिक र वातावरणीय समस्याहरू’, ‘जेन्डर, भूमि र शक्तिस् औपनिवेशिक केरलामा नायर समुदायको रूपान्तरण’, ‘प्राविधिक क्रान्ति र एआइको आगमन’, ‘धर्म र विचार’, ‘स्वास्थ्य र शारीरिक प्रशिक्षण’, ‘२१औं शताब्दीमा आदिवासी अवस्था तथा परित्याग गरिएका आवाजहरूमा बहस’, ‘आर्थिक मुद्दाहरू’, ‘लोक कथा तथा मौखिक परम्पराहरूस् साहित्य, कला र इतिहासमा उपन्यास प्रवृत्तिहरू’, ‘कानुनी पक्षहरू’ र ‘वातावरणीय र शैक्षिक अध्ययन’ थिममा पेपरहरू प्रस्तुत गरिएको थियो।
केयुएनसिसिएसले एसोसिएसन अफ थर्ड वल्र्ड स्टडिज, दक्षिण एसिया च्याप्टर र सोसियोलोजिकल सोसाइटी अफ नेपालसँगको सहकार्यमा अन्तर्राष्ट्रिय सेमिनार आयोजना गरेको थियो। सन् १९९५ मा स्थापित नेपाल समकालीन अध्ययन केन्द्र ( केयुएनसिसिएस ) ले दक्षिण एसियाको समकालीन सामाजिक–आर्थिक र राजनीतिक मुद्दाहरूमा अनुसन्धान र छलफल गर्ने गर्दछ।