काठमाण्डौं । सगरमाथा सम्वादको सन्देशसहित विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरी फिर्ता भएका सशस्त्र प्रहरी नायव निरीक्षक दन्त बहादुर छत्याललाई जेठ ७ गते एक कार्यक्रमका बीच स्वागत गरिएको छ ।
सशस्त्र प्रहरी बल, नेपाल नं. ९ पशुपतिनाथ बाहिनी मुख्यालय काठमाडौंका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक सुरेश कुमार श्रेष्ठले सशस्त्र प्रहरी बल नेपाल नं। २० विपद् उद्धार गण सिनामंगल काठमाडौंमा बुधबार सशस्त्र प्रहरी नायव निरीक्षक छत्यालको स्वागत गर्नुकासाथैं सफल आरोहणको हार्दिक बधाई समेत दिनुभएको हो ।
सगरमाथाको सफल आरोहण गरी साहसिक कार्य गरेवापत सशस्त्र प्रहरी बल, नेपालले उनलाई सशस्त्र प्रहरी सहायक निरीक्षकबाट सशस्त्र प्रहरी नायव निरीक्षक पदमा बढुवा निर्णय समेत गरिएको छ । जेठ ४ गते बिहान ९ः२० बजे उनले सगरमाथाको चुचुरोमा ‘सगरमाथा सम्वाद’ र सशस्त्र प्रहरी बल नेपालको झण्डा फहराएका थिए । सशस्त्र प्रहरी नायव निरीक्षक छत्याल सगरमाथा आरोहण लागि बैशाख १५ गते त्यसतर्फ प्रस्थान गरेका थिए ।