काठमाडौं। काठमाडौंको गौशालामा बस अनियन्त्रित हुँदा एकै पटक ८ वटा सवारीसाधन दुर्घटनामा परेका छन् । गौशालाबाट तिलगंगातर्फ जाँदै गरेको बा ५ ख ६७३५ नम्बरको बस अनिन्त्रित हुँदा दुर्घटना भएको बताइएको छ ।
उक्त दुर्घटनामा तीन जना घाइते भएका छन्। घाइते हुनेमा धादिङ ज्वालामुखी गाँउपालिका– १ का राजकुमार श्रेष्ठ, नुवाकोट टाडी गाँउपालिका वडा–२ का विकास कट्टेल र खोटाङको हलेसी टुवाचुङ नगरपालिका–५ का शैलेन्द्र राई रहेका छन् ।
यसरी ठोकिएका सवारी साधनहरुमा बा ५ ख ६७३५ नं को बाबा गोकर्णेश्वर यातायातका चालक भने फरार रहेका छन् । बा ५ ख ७३१ नं को हायस चालक काभ्रे घर भएका बर्ष ३४ को रक्तिम लामा, बा।प्र(०१(०२६ च ८५७६ नं को कार, ९चालक सिन्धुपाल्चोक घर हुने बर्ष २७ को राम तामाङ, ९७७३ नं को कार चालक वर्ष ५३ को त्रिरत्न प्रजापती, बा १६ च ४४५२ नं को कार, चालक काठमाडौं टोखा घर हुने बर्ष ४१ को प्रेम प्रसाद गेलाल,प्र.२.०१.००३ प १००५ नं को मो।सा, चालक काठमाडौं कोटेश्वर बस्ने बर्ष ३७ को शैलेन्द्र राई,बा ५१ प २२ नं को मोटरसाइकल, चालक काठमाडौं टोखा बस्ने वर्ष ३२ को राजकुमार श्रेष्ठ,र बा.प्र.०२ ०४६ प ४८१९ नं को स्कुटर चालक भक्तपुर घर हुने बर्ष १९ कि स्मिता ढुङगेल रहेका छन् ।
अहिले सिनामंगलस्थित केएमसी अस्पतालमा उपचार भइरहेको र अवस्था सामान्य रहेको बताइएको छ ।