काठमाण्डौँ । काठमाण्डौँ महानगरपालिका–१६ सोह्रखुट्टेस्थित सिग्मा कलेजको क्यान्टिमा आज बिहान आगलागी भएको छ। सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले दिएको जानकारीअनुसार ग्यास लिक भई आगलागी हुँदा क्यान्टिनमा रहेका सामान जलेर करिब ३ लाख रुपैयाँ बराबरको क्षति भएको छ।
आगलागी सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीय बासिन्दाले दमकलको सहयोगमा बुधबार बिहान करिब ८ बजे पूर्ण रूपमा नियन्त्रणमा लिएको उनले बताए।
घटनाबारे जानकारी पाउनासाथ सशस्त्र प्रहरी बल नेपाल नं। २४ बाघभैरव गुल्म काठमाडौँबाट सशस्त्र प्रहरी नायब उपरीक्षक अशोककुमार न्यौपाने र कमाठमाडौँ महानगरपालिका वारुणयन्त्र कार्यालय न्युरोडबाट सशस्त्र प्रहरी नायब निरीक्षक धनबहादुर सुवेदीको कमान्डमा खटिएको सुरक्षा फौज आगलालगी नियन्त्रणमा जुटेको थियो।